सुटिङ स्पटमा फुर्सदमा के गर्छन् होला कलाकार ? धेरैको बानी हुन्छ युनिटमा सहभागी ब्यक्तिसँग गफ गर्ने । धेरैले त मोबाइलमा गेम खेल्ने र फेसबुक चलाएर बस्ने पनि गरेका छन् । तर, नायक सौगात मल्लको ब्यबहार फरक छ ।
उनी सुटिङ स्पटमा पुगेपछि मोबाइल स्विचअफ गर्छन् । फेसबुक ट्विटर पनि चलाउँदैनन् । ‘उनी काममा एकदमै दत्तचित्त भएर लाग्छन् । सुटिङ स्पटमा आफुलाई सामाजिक सञ्जालवाट टाढै राख्न रुचाउँछन्’ । उनीसँगै काम गर्ने प्राविधिक तथा चलचित्रकर्मी भन्छन् ।
अभिनयमा अब्बल भए पनि नृत्यमा केहि कमजोर सौगात सुटिङ स्पटमा फुर्सद भयो भने कथाको थप अध्ययन गर्छन् भने आफुले निर्वाह गर्ने चरित्रको वारेमा थप सोचमग्न हुन्छन् अनि साथीभाईसँग सल्लाह पनि गर्छन् ।
साथीभाईसँग जिस्कने कुरामा भने उनी खप्पीस छन् । गफ मज्जाले गर्ने सौगात सामाजिक सञ्जालमा रुमल्लिँदा अभिनय कमजोर हुन्छ कि भन्नेमा सचेत छन् ।
प्रतिक्रिया 4