Comments Add Comment

माघ पहिलो साता निर्वाचन मिति तोकिन्छः अनन्त

२४ पुस, सन्धिखर्क । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति तोकिने बताएका छन् । सरकार चुनावको मिति तोक्ने अन्तिम तयारीमा रहेको उनको भनाइ छ ।ananta

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा आइतबार आयोजित साक्षात्कारमा नेता पुनले भने, ‘सरकारले पुस अन्तिम वा माघ पहिलो हप्ता भित्र चुनावको मिति तोक्ने तयारी गरिरहेको छ ।’

उनले सबैलाई मिलाएर संविधान संशोधन विधेयक पास गराउनतर्फ सरकारले प्रयास गरिरहेको जानकारी पनि दिए ।

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्रयाएर तराई र पहाड अलग-अलग गर्दा पहाडको विकासमा सहयोग पुग्ने बताए ।

– घनश्याम पौडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment