Comments Add Comment

राजनीतिज्ञको शवयात्रामा पोल डान्सरको सेक्सी डान्स

pole-dancers-performing-on-top-of-jeeps-during-the-funeral-procession-1
शवयात्रामा शोकको माहोल हुनुपर्ने हो । तर ताइवानका एक राजनीतिज्ञको शवयात्रामा भने अर्कै दृष्य देखियो । शवयात्राका क्रममा छोटा लुगा लगाएका ५० जना पोल डान्सरहरुले गाडीको छतमा चढेर कामुक नृत्य प्रदर्शन गरे ।

ताइवानको चियायी प्रान्तका दिवंगत राजनीतिज्ञ तुङ सियाङको शवयात्रामा पोल डान्सरको नृत्य देखाउने व्यवस्था उनकै छोराले मिलाएका थिए । आफ्नो बुवाको रसिक स्वभाव र रुची अनुसार यस्तो तारतम्य मिलाएको उनले बताएका छन् ।

pol-danser-2

दुई घन्टा लामो शवयात्राका क्रममा चियायी शहरमा सवारी आवागमन ठप्प भएका थिए । ‘सेक इट फर मि’ बोलको पपगीतमा कम्मर मर्काएका सुन्दरीहरुलाई हेर्ने र तस्बिर खिच्नेहरुको भिड लागेको थियो । गाडीको लस्कर पछिपछि मलामीहरु हिँडेका थिए । शवयात्रामा परम्परागत ताइवानी ब्यान्ड र ड्रमर टु्रप पनि सहभागी थिए ।

सियाङको ७६ वर्षको उमेरमा मृत्यू भएको थियो । उनी चियायी काउन्टीको स्थानीय सरकारको परिषद सदस्य तथा प्रवक्ता समेत थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment