Comments Add Comment

पहिले जस्तो सजिलै सरकार छाडिँदैनः प्रचण्ड

'संसदमा एमालेको अवरोध सहमति अनुसार नै'

prachand

२५ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सजिलै सरकार नछाड्ने बताएका छन् । साथै संविधान संशोधन विधेयक पेश गर्ने क्रममा संसदमा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको दाबी गरे ।

प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा प्रधानमन्त्री प्रचण्डले पहिला जस्तो सजिलै राजीनामा नदिने बताए । ‘म पहिलाको जस्तो सजिलै राजीनामा दिनेछैन, तपाईं हेर्दै जानुस् कति समय जान्छ,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘समय अवधिको कुरा मात्रै होइन, काम पनि हेर्नुपर्छ । हामीले काम गर्दै गएका छौं ।’

उनले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताए ।

सबै कुरा मिलिसकेको दाबी

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पेश गर्दा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको पनि बताए । एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको भन्दै उनले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलिसकेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले पुरक बजेट ल्याउने सम्भावनाबारे सम्बन्धित निकायमा छलफल भइरहेको भन्दै चितवनका लागि विशेष प्याकेज ल्याउने आश्वासन समेत दिए ।

पूर्व प्रतिवद्धता विपरित रिबन काट्ने काममा किन हिँडेको भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले आफू विकास निर्माणको कामका लागि देश दौडाहामा लागेको बताए ।

‘रिवन काट्ने कार्यक्रममा गएको होइन । पूर्व मेचीदेखि महाकालीसम्म जहाँ पुगेको छु । बिकास निर्माणलाई गति दिनका लागि पुगेको छु । प्रचण्ड पुग्दा रिवन काट्ने कार्यक्रम बन्नु स्वभाविक हो,’  उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment