+
+

बालन्द र बिनाको प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २५ गते १४:०९

alag-abhiyan-paushललितपुर । हरेक महिना साहित्य र संगीतको नियमित शृंखला गर्दै आएको अलग अभियानको पुस शृङ्खलामा पनि संगीतप्रेमी र कविताप्रेमीहरु दुवैले रमाउने मौका पाए ।

एकातिर गायक तथा संगीतकार बालन्द राई मीठो गायकी लिएर उपस्थित थिए भने कवि/कथाकार बिना थिङ तामाङले पनि आफ्ना चुनिएका कविता तयार पारेकी थिइन् ।

सुरुवातमा बालन्दले आफ्नो जीवनकथा सुनाउँदै केही गीत पस्किए । उनले युगल गीतहरु ‘मिनी बसैमा’ र ‘उकाली ओराली’ पनि प्रस्तुत गरे । त्यस क्रममा गायिकाद्वय पार्वती राई र आभा मुकारुङले उनलाई साथ दिएका थिए ।

दोस्रो क्रममा बिनाले पाँच वटा कविता सुनाइन् । उनले आफ्नो विगतको प्रसंग सुनाउँदै हौसला समेत दिन भ्याइन् । भनिन्, ‘एसएलसी दिए लगत्तै मेरो बिहे भयो र पढाइ रोकियो । पछि शिक्षकको जागिर खाँदै पढाइलाई निरन्तरता दिएँ । लेखन पनि पछि नै सुरु गरेको हुँ । सबैको जीवनमा अप्ठ्यारा परिस्थिति आउाछन् तर आत्तिनु हुँदैन ।’

अतिथिहरुको क्रम सकिएपछि कविहरु स्वप्निल स्मृति, साङ्केन बान्तवा, नमन अनु, बम बानियाँ, अमित चाम्लिङ, रोशन यक्सो, नारायण नेपाल, ज्योति भट्टराई लगायतले कविता वाचन गरे । यस्तै, मण्डल साम्पाङ, भीमसेन राई, रेवत राई, यम समाल, कर्ण लामा, सुनिता राई, सुरज लामा, नाकिमा नाकिम लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?