Comments Add Comment

लन्डनमा यसरी मनाइयो ‘नो ट्राउजर्स डे’

no-paints-day

लन्डनका भूमिगत ट्रेन स्टेसनहरुमा आइतबार बिहान अनौठो दृष्य देखियो । कम्मरमाथि पुरा लुगा लगाएका तर कम्मरमुनी अन्डरवेयर मात्र लगाएका युवा-युवती यत्रतत्र थिए । खासमा उनीहरु ‘नो ट्राउजर्स अन द ट्युव डे’ मनाउँदै रहेछन् ।

न्यूयोर्क शहरको सार्वजनिक यातायात प्रणालीमा केही मुठ्ठीभर व्यक्तिहरुले सन् २००१ देखि सुरु गरेको उरन्ठेउलो अभियानले अहिले अन्तर्राष्ट्रिय दिवसको रुप लिएको छ ।

यही दिवस मनाउने क्रममा लन्डनमा पनि सयौं युवा-युवतीहरु चिसो मौसमलाई जिस्क्याउँदै अन्डरवेयर लगाएर सव वेमा यात्रा गरे । उनीहरुले माथि ज्याकेट, कोट, टोपी, स्कार्फ लगायत न्यानो कपडा लगाएका थिए भने खुट्टामा जुत्ता-मोजा लगाएका थिए । अन्ययात्रुहरुले उनीहरुलाई अचम्भित भएर हेरिरहे ।

truser-3

यस दिवसमा भाग लिन चाहनेहरुलाई आयोजकले खुल्ला आमन्त्रण गर्दै सेन्ट्रल लन्डनस्थित किङ्स क्रस स्टेसनमा बोलाएका थिए । त्यहाँ भेला भएर तलको लुगा फुकालेपछि उनीहरु विभिन्न स्टेसनमा छरिए । बिहान तीन बजेदेखि नै मानिसहरु लुगा फुकालेर ट्रेन स्टेसनमा पस्न थालेका थिए ।

दिवस मनाउने नाममा धेरै नग्नता र छाडापन प्रदर्शन नगर्न सहभागीहरुलाई आयोजकले आग्रह गरेका थिए । यस दिवसका एक अभियन्ता मार्कोभिक भन्छन्, ‘हामी आठ वर्षदेखि प्रत्यक वर्षको पहिलो आइतबारका दिन यो दिवस मनाइरहेका छौं । हाम्रो उद्देश्य मानिसहरुलाई हँसाउनु हो । हामी अरुलाई हँसाउछौं र त्यसको बदलामा उनीहरुबाट मिठा प्रतिक्रिया पाउछौं ।’

truser-2

न्यूयोर्कबाट मनाउन थालिएको नो ट्राउजर्स डे लन्डन, टोरन्टो, मेक्सिको सिटी लगायत विश्वका विभिन्न शहरहरुमा मनाइएको छ । विश्वभर ९ हजारदेखि १० हजार व्यक्तिहरुले नो ट्राउजर्स डेमा भाग लिएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment