Comments Add Comment

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनः ओली

kp-sharma-oli-biratnagar

२६ पुस, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन् ।

झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । ‘मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

करिब आठ करोडको लागतमा बन्ने एघार किमी लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment