शनिबार, ७ असोज, २०७४
OnlineKhabar.com

पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्ड

'राप्रपाले राजनीतिक मूल्य स्थापित गरेको छ'

अनलाइनखबर

prachand-at-rpp-tea-party

२७ पुस, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ ।

राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने- ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’

प्रधानमन्त्री प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । ०६२/०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै भने-‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्न्े अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति गटन गरेको छ ।’

यो समितिले इतिहासको अध्ययन गरेर अहिलेको बुहजातीय देशमा विदाबारे कस्तो नीति बनाउन सकिन्छ भन्ने प्रतिवेदन दिने र सोही अनुसार सरकारी विदाहरु तय गरिने प्रधानमन्त्रीले बताए ।

साथै राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन चियापान आयोजना गरेर ‘एउटा राजनीतिक मूल्य स्थापित गरेको छ’ भन्दै प्रधानमन्त्रीले राप्रपालाई धन्यावाद समेत दिए ।

भृकुटीमण्डपमा राप्रपाको निम्तो मान्न पुगेका प्रचण्ड केहीबेर बसेर चिया पिएपछि विदा भएका थिए ।

२०७३ पुष २७ गते १५:०४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • umesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:१५

    yasto bhanna yaha lai laj lagnu parne ho

    22
    6
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:२०

    अब हामी फेरी,

    विकेन्द्रीकृत (२२से र २४से राज्य बनाएर)बनाएर,

    नेपाललाई कम्जोर र दुर्बल बनाउने छौ l

    25
    6
    Share

  • हरि लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:२७

    प्रचण्डजी गाेहीको अांसु किन चुहाउनु हुन्छ तपाइ जस्ताले पृथ्वी नारायणा शाहको गुनगान गाउन सुहाएन ।

    27
    7
    Share

  • deepak लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:५१

    त्यसैले, हामिहरु अविछिन्न रुपमा सत्ताको चास्निमा डुब्न पाईरहेका छौ ।

    20
    5
    Share

  • Ishwor लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:३७

    PN Shah should be known as symbol of unity and father of nation… because he fought for gathering weak small states and united to create a strong barrier from British invasion during his time..(fight for all Nepali people)…The result is the Nepal in front of us. In his time size of Nepal was enlarged but today Nepal is encroached day by day from Southern side. This is possible because we Nepali do not realize the unity symbol of PN Shah and not respect heartily in his great work….I believe today’s generation understand that “to make strong Nepal every Nepali required good education, health and access to service provide by Nation”…

    1
    0
    Share

  • homraj shrestha लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:२५

    पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्डle Khandikrit…..

    4
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this