Comments Add Comment

एडिलेड निवासी सुरेन श्रेष्ठको रोमान्टिक गीत ‘स्पर्श तिम्रो’

sparsa-timroमेलवर्न । गीत गाउनु उनको सौख हो। बिगत ९ बर्षदेखि अस्ट्रेलिया बस्दै आएका प्रतिभावान गायक सुरेन श्रेष्ठले डार्विन र एडिलेडमा हुने बिभिन्न स्टेज शो हरुमा थुप्रै गीत गाए पनि आफ्नो रेकर्डमा पहिलो गीत भने भर्खरै सार्वजनिक गरेका छन्।

एडिलेड निवासी गायक श्रेष्ठले यही नयाँ बर्ष २०१७ का दिन आफ्नो रोमान्टिक गीत ‘स्पर्श तिम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

पप शैलीको यो गीतका गायक तथा कम्पोजर सुरेन श्रेष्ठ आँफै हुन भने महिला भोकल करिश्मा श्रेष्ठको रहेको छ। बिजेश्वोरराज तन्डुकारको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो अस्ट्रेलियाको मेल्बर्नमा सुटिङ गरिएको हो। साथै म्युजिक भिडियोमा संलग्न सबै जना हाल अस्ट्रेलिया निवासी हुन् ।

यो गीतमा प्रकृति श्रेष्ठ र ईश्वर फुयाँलले मोडलिङ गरेका छन् भने रुप्रित गुरुङसँग मिलेर पहिलो पल्ट सुदिप न्यौपानेले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई रवि ढुंगाना केसीले छायाङ्कन गरेका हुन भने बिक्रम अधिकारीले सम्पादन गरेका छन्।

अस्ट्रेलियामा नेपाली गायक गायिकाहरुको सङ्ख्या बढिरहेका बेला गायक श्रेष्ठले आफु छिट्टै सोलो एल्बम ल्याउने तयारीमा जुटेको बताए।

भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment