Comments Add Comment

साउथ अस्ट्रेलियामा पहिलो पटक इन्द्र जात्रा (तस्वीरसहित)

४ सेप्टेम्बर, एडीलेड । साउथ अस्ट्रेलियामा पहिलो पटक इन्द्र जात्रा कार्यक्रम आयोजना गरिएको छ ।

नेवार परम्परा अनुसार भाद्र शुक्लपक्ष ‘यालाथ्व द्वादशी’को दिन मनाईने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर ‘यालागाः चौथी’ अर्थात इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न देवी देवतासाग सम्बन्धित नाच, गान र रथयात्रा गरेर मनाइने इन्द्र जात्रा गुठी साउथ अस्ट्रेलियाले यही आइतबार ‘यालाथ्व द्वादशीुका दिन बिशेष कार्यक्रमका बिच आयोजना गरेको थियो ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलिया लगायतका संस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको गुठी साउथ अस्ट्रेलियाका अध्यक्ष मंगल बज्राचार्यले बताए ।

बज्राचार्य भन्छन् ‘शताब्दीयौं पुरानो यस जात्राले प्राचिन मौलिकता, सभ्यता अनि संस्कारको इतिहास बोकेको छ, यहाँ हुर्कदै गरेका हाम्रा बालबालिकाहरुले पनि यस प्रकारका कार्यक्रमहरुबाट ती परम्पराहरु सिक्ने अवसर पाउने छन, त्यति मात्र होइन, नेपाल आफैमा बहुसाँस्कृतिक देश हो । त्यसैले हामीले यी संस्कृति परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्न सक्यौ भने नेपालले साास्कृतिक पर्यटनमा समेत नयाँ उचाई लिन सक्छ ।

नेवारी पहिरन, सास्कृति र परिकारले सजिएको उक्त कार्यक्रममा कुमारी, लाखे, धिमे बाजा, समयबाजी, नेवारी नृत्यहरुसहित विभिन्न कार्यक्रमहरु समाबेश गरिएको थियो ।

कार्यक्रममा आएकी साउथ अस्ट्रेलियन संसद जिंगलि नेपाल भ्रमणको क्रममा आफूले जिवित कुमारी भगवानलाई भेट्ने अवसर पाएको सम्झिएकी थिइन् ।

गएको तिहारमा भ्रमण गरेको कुरा सम्झदै उनले भनिन, ‘काठमाडौं, भक्तपुर र ललितपुर भ्रमणको क्रममा मैले नेवारी संस्कृतिलाई अझै नजिकबाट देख्ने मौका पाएको थियो । मन्दिरहरुको सहरको त्यो प्रतिरूप आज हाम्रै सहर साउथ अस्ट्रेलियामा देख्न पाउँदा अझै हर्षित भएको छु ।’

कुमारीको रथ यात्रा परिक्रमा गर्नु केही मिनेट अगाडि सानो पानी समेत परेको थियो । वर्षात र सहकालका देवता इन्द्र खुसी भएमा वर्षात हुने किमंदन्ति रहेको छ ।

कार्यक्रममा करिब ३०० जना दर्शकहरुको उपस्थिति रहेको गुठी साउथ अस्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले बताए ।

आगामी कार्यक्रमहरुको बारेमा बताउँदै उनले भने, ‘हामीले नेपाली सांस्कृतिक पर्यटनको प्रबर्द्धन गर्दै म्हपुजा, बडा दशैं कार्यक्रम, बिस्केट जात्रा लगायतका कार्यक्रमहरु आयोजना गर्ने योजनामा छौ ।’

सन् २०१५ मा स्थापना भएको गुठीले पछिल्लो समय नेवारी रितिरिवाज, चाडपर्वहरुका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment