Comments Add Comment

घडी काण्डबारे बोले प्रवल, के भने रामहरिलाई ?

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडामाथि घडी चोरेको आरोप लागेपछि पूर्वप्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले घडी हराएको विषयमा सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको घडी आफूले लगाएको र २० गते हेल्थ क्लबमा हराएको बताएका छन् ।

त्यही दिन क्लबको चेन्जिङ रुपमा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफू भारतमा रहेकाले साथी सिमान्तलाई खबर गरेको उनले बताएका छन् ।

आफू बम्बईमा हुँदा नै यसबारे थाहा भएको भन्दै उनले भनेका छन्, यसबाट पर्न गएको भ्रम कसैमा नरहोस् । साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मकम सहयोगका लागि सादर सबैमा सादर अनुरोध गर्दछु ।’

chhatraman-son

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment