अधिकांश मोडल तथा अभिनेत्रीहरु १९ बर्षको उमेरमा आफ्नो करिअर नै राम्रोसँग सुरु गर्न सक्दैनन् । यो उमेरमा ग्ल्यामर क्षेत्रमा प्रवेश गर्नु त धेरैका लागि सपना नै हुन्छ ।
तर, ‘किपिङ अप विथ दि कार्दशियन’ शो कि स्टार, काइली जेन्नरले भने अमेरिकाको लस एन्जल्समा तेश्रो घर किनेकी छिन् । उनले सपनाको घर किन्नका लागि ४.५ मिलियन डलर खर्च गरेकी छिन् ।
उनले यो घर आफ्नो अफिसका साथै व्यापारिक मिटिङका लागि प्रयोग गर्ने बताएकी छिन् । १२ हजार स्क्वायर फिटमा फैलिएको उनको यो घरमा स्विमिङ पूल, ४ वटा वेडरुम लगायतले सज्जित छ । तेश्रो घर किनेकी काइलीले लस एन्जल्समा भने दोश्रो घर किनेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4