Comments Add Comment

क्यान्सर न्यूनिकरणका लागि भैरहवामा निःशुल्क स्वास्थ्य शिविर हुने

cancer-sibir२९ पुस, भैरहवा । विश्व क्यान्सरविरुद्ध दिवसको अवसरमा भैरहवामा क्यान्सर न्यूनिकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

रोटरी क्लब अफ भैरहवाको आयोजनामा अगामी माघ १५ र १६ गते निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरिएको हो । शिविरमा रोग क्यान्सरसम्बन्धी जनचेतनामुलक कार्यक्रम हुने क्लबका अध्यक्ष राजकुमार गुप्ताले बताए ।

उनले सामाजिक कार्यलाई निरन्तरता दिँदै क्लबले विश्व क्यान्सरविरुद्धको दिवसमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

गुप्ताका अनुसार शिविरमा उपचारका तथा परामर्शका लागि डा. सुदिप श्रेष्ठसहित वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरुसँगै २२ जना नर्सहरु आउने छन् ।

जनचेतनामूलक कार्यक्रममा क्यान्सरका प्रारम्भिक लक्षण र रोकथामका उपायबारे चर्चा हुने र शिविरले क्यानसरपीडितलाई अकाल मृत्युबाट बँच्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

नेपाल क्यान्सर सपोर्ट गुप्रका उपाध्यक्ष दिलीप भट्टराईले विश्वमा नै महामारीको रुपमा फैलिन थालेको क्यान्सर रोगको प्राथमिक तहमा नै पत्ता लगाउन सके क्यान्सर निको पार्न सकिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment