Comments Add Comment

स्कुल बन्द गरेर महोत्सव आयोजना

hasulia-mahotsab
२९ पुस, कैलाली । कैलालीको हसुलियामा रहेको दिपेन्द्र उच्च माविले पठनपाठन बन्द गरेर महोत्सव आयोजना गरेको छ । यहि पुस २४ गतेबाट शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

दिपेन्द्र उच्च मावि शिक्षक अभिभावक संघका अध्यक्ष एवं हसुलिया बजार व्यवस्थापन समितिका अध्यक्ष नेपालु चौधरीले माघको केहि दिन अघिदेखि नै विद्यार्थीहरु स्कुल नआउने र पठनपाठन समेत नहुने भएकाले स्थानिय विदालाई पछि समायोजन गर्ने गरी महोत्सव आयोजना गरिएको बताए ।

‘हसुलिया साँस्कृतिक तथा शैक्षिक महोत्सव’ नाम दिइएको उक्त महोत्सव भित्र खुलेयाम रुपमा सुर्तिजन्य पदार्थहरु बिक्री वितरण गरिएको पाइएको छ ।

विद्यालयका प्रधानाध्यापक श्याम मल्लले पठनपाठनमा कुनै असर नपर्ने गरी महोत्सव आयोजना गरिएको बताए । उनले विगतका वर्षहरुमा माघीको अवसरमा भारतीय नाचगानहरु गरेर मेला आयोजना हुने गरेकोमा त्यसलाई रोक्न स्थानिय बासिन्दा, अभिभावक र विद्यार्थीहरुसँग सल्लाह गरी महोत्सव आयोजना गरिएको जानकारी दिए । तर, उनले शिक्षा कार्यालयसँग अनुमति नलिएको स्वीकार गरे ।

विद्यालय बन्द गरेर गरिने जुनसुकै कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिनु पर्ने हुन्छ तर यहाँ त्यस्तो गरिएको पाइएन । अझै अर्को कुरा त के छ भने महोत्सवको जिल्ला शिक्षा अधिकारी मानसिं विष्ट स्वयंले उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment