Comments Add Comment

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिमा ३० जनाको दाबी (सूचीसहित)

कर्णालीमा आकर्षण कम, पाटनमा बढी

ministry-of-health

२९ पुस, काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त उपकुलपति पदमा ३० जनाले दाबी गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा कम आकर्षण देखिएको छ ।

कर्णाली, पोखरा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त छन् । स्वास्थ्य मन्त्रालयले यही पुस २० गते सार्बजनिक सूचना निकालेर उपकुलपतिका लागि इच्छुक उम्मेदवारहरुबाट एक साताभित्र दरखास्त आह्वान गरेको थियो ।

पुस २७ गतेको अवधिमा ३० जना दाबेदारले कार्ययोजनासहित दरखास्त दिएको स्वास्थ्य मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो । दरखास्तसहित प्राप्त कार्ययोजनाहरुको अध्ययन गरी योग्य व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयका एक अधिकारीले बताए ।

उपकुलपति सिफारिस गर्न स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरिएको छ । समितिका सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गिताभक्त जोशी छन् ।

कर्णाली, पोखरा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उपकुलपति नियुक्त नहुँदा काम कारबाही प्रभावित हुँदै आएको छ ।

कर्णालीमा आकर्षण कम, पाटनमा बढी

उपकुलपतिका लागि दुर्गम कर्णालीमा कम आकर्षण देखिएको छ । सबैभन्दा धेरै आकर्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति हुने इच्छा व्यक्त गर्नेहरु जम्मा पाँच जना छन् । तर, पाटनमा सबैभन्दा बढी १५ जना र पोखरामा १० जनाले उपकुलपति दाबी गरेका छन् ।

उपकुलपति पदका दाबेदारहरुमध्ये ज्ञहनाथ बरालले पाटन, पोखरा र कर्णाली तीनवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आफू योग्य रहेको दाबीसहित दरखास्त दिएका छन् । चार जनाले दुई-दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

संगीता भण्डारी, रुपराज भण्डारी र निलाम्बर झा तीनजनाले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान दुबैमा दाबी गरेका छन् । धर्मराज श्रेष्ठले पोखरा र कर्णालीमा दाबी गरेका छन् ।

एउटामात्र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाबी गर्नेहरुको संख्या भने १९ छ ।

कसको दाबी कहाँ ? सूची हेर्नुहोस् 

health-sciences-foundation-vc-list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment