Comments Add Comment

विद्युत खपत कम गर्न बैंकका ग्राहकलाई सन्देश

massage२९ पुस काठमाडौं । राजधानीलाई लोडसेडिङ मुक्त बनाएको विद्युत प्राधिकरणले अहिले आफ्ना उपभोक्ताहरुलाई पिक आवरमा विद्युत खपत कम गर्न अनुरोध गर्ने गरेको छ ।

विद्युत प्राधिकरणको यो सचेतनामुलक अभियानलाई राष्ट्रिय वाणिज्य बैंकले पनि सघाउन थालेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरुलाई कारोबार पश्चात पिक आवरमा विद्युत खपत कम गर्न एसएमएसमार्फत् सन्देश पठाउन थालेको छ ।

राष्ट्रिय बााि ण्ज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठका अनुसार दुई साता अघिदेखि बैंकले यसखालको सन्देश पठाउन थालेको हो ।

उनले भने ‘कर्पाेरेट सोसल रेस्पोन्सीबिलिटी अन्तर्गत हामीले निःशुल्क रुपमा यो सन्देश पठाउन थालेका हौं ।’

विद्युत प्राधिकरणको आग्रहमा यो सन्देश पठाउन थालिएको श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment