Comments Add Comment

हेर्दा राम्रो बेनीबजार धौलागिरी छायाँले…(फोटो फिचर)

बेनीबजार हुँदै यसरी पुगिन्छ धौलागिरी

cave-hill-amrit-bhadgaonle१ माघ, काठमाडौं । धौलागिरी हिमाल (८१६७ मी) को आधारशिविरसम्म पुग्ने नयाँ मार्ग हो– धौलागिरी स्याङ्चुरी पदमार्ग । यो पदमार्ग बेनीबाट सुरू हुन्छ  र बेनीमै फर्केर टुंगिन्छ ।

बेनीबाट सुरु भएर झीँगाउँ हुँदै पाखापानी, कोटगाउँ, रायखर्क, घ्यासीखर्क हुँदै छरी, फेदी, ओडार क्याम्पबाट धौलागिरी आधार शिबिरमा पुगिन्छ । यो ४००० मिटरको उचाइमा छ ।

शिबिरबाट फर्किँदा सोही गोरेटो हुँदै राहुगंगा खोलाको झोलङ्गे पुल तरेर चिमखोला, दर्मिजा, दग्नमको बाटो भर्इ बेनी पुगिन्छ। र, बेनीको तातोपानीमा डुबुल्कीको मज्जा लिएर प्रसिद्ध गलेश्वर महादेवको दर्शन गर्न सकिन्छ।

उद्योग वाणिज्य संघ बेनीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएन नेपाल (टान) र गाँव पर्यटन प्रवर्धन मन्च (भिटोफ) को सहयोग धौलागिरी स्याङ्चुरी पदमार्गको अध्ययन गराएको थियो ।

काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासीखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासीखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनुपर्छ ।

dhaulagiri-1

धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरी सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने सम्भावना छ ।

काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न सात दिन लाग्ने पदमार्ग निर्माणका संयोजक एवं हिमालयन म्याव हाउसका प्रबन्ध निर्देशक पवन शाक्य बताउँछन् ।

नेपालका पर्यटकीय नक्शा बनाउन तथा पर्यटन प्रवर्द्धनमा काम गरिरहेका हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यको संयोजनमा पत्रकार अम्रृत भादगाउँले, ट्रेकिङ गाइड ङावा तामाङ  लगायतको टोलीले पदमार्गको पहिचानसहित पर्यटकीय नक्शा, तथा पदमार्ग पहिचान गरेको हो ।

मगर र छन्त्याल जनजीवन तथा संस्कृतिले भरिपूर्ण रहेको  बेनीको माथिल्लो भागमा कुनै मानव बस्ती नभएकाले बर्षौंसम्म मोटरबाटो नपुग्ने भएकाले पनि यो पदमार्गको भविश्य लामो रहन सक्छ ।

संयोजक पवन शाक्य पदमार्गको केही मर्मत सुधार आवश्यक रहेको र छोटो समयमा धौलागिरीको आधार शिविर पुग्न सकिने यो पदयात्रा विदेशी तथा स्वदेशी पर्यटकहरुको रोजाइमा पर्नेमा विश्वस्त छन्।

dhaulagiri-10

त्यसैगरी अनुभवी ट्रेकिङ गाइड ङावा तामाङले पदमार्ग एकदम फन्टास्टिक छ र सुरुमा केही ठाउँमा एंकर राखेर पदयात्रा गराउन सकिने बताउँछन्।

उद्योग बाणिज्य संघ बेनीका महासचिव राजेश शाक्यले नयाँ पदमार्गले जिल्लाबासी उत्साहित भएको र स्थानीय निकायबाट पर्यटकमैत्री बनाउन पहल गर्ने बताए। मगर, छन्त्याल, क्षेत्री, ब्राह्रमणका वस्तीहरु र तिनका मौलिक जीवनशैली एवं संस्कृतिसँगै सुन्दर धौलागिरी हिमश्रृंखला, भीरपाखा, खोलानाला, गुरासे जंगल, उत्तीस र निगालो घारी, वन्यजन्तु जस्तै थार, नाउर, चराचुरुंगी आदि दृश्यावलोकन गर्दै एक साता छोटो र सहासिक पदयात्रा गर्नु धौलागिरी स्याङ्चुरी पदमार्ग मुख्य विशेषता हुन्।

chhantyal-purkheuli-dance-pawan

chhantyal

chimkhola-amrit-bhadgaonle

dhaulagiri-2

dhaulagiri-3

dhaulagiri-4

dhaulagiri-5

dhaulagiri-6

dhaulagiri-7

dhaulagiri-8

dhaulagiri-9

jhi-pawan

kot-gaun-surendra-rana

nilgiri-and-annapurnas-from-todke-pawan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment