Comments Add Comment

आज १९ औं भूकम्प सुरक्षा दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

वर्सेनि हुने कार्यक्रम औपचारिकतामै सीमित

bhukampa-pidit
फाइल तस्वीर ।

२ माघ काठमाडौं । आज १९ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरी सरकारले आज काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

२०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको काठमाडौंको साँखुमा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईंदै छ ।

आज ११ बजेर ५५ मिनेटमा सरकारी प्रतिनिधिहरुको सहभागिताा जनचेतनामूलक कार्यक्रमसँगै भूकम्पप्रतिरोधी सामग्रीको प्रदर्शनी गरिने छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ ।

१९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्पप्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ । २०५६ सालदेखि माघ २ गतेलाई सरकारी स्तरबाटै भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।

वर्सेनि हुने कार्यक्रम औपचारिकतामै सीमित

२०५६ सालदेखि निरन्तर भूकम्प सुरक्षा दिवस मनाउन थालिएको भए पनि प्रभबकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि अघिल्लो माघ २ गते तत्कालिन सरकारले विशेष कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाएको थियो । तर त्यतिबेला सुरु गरिएको कुनै पनि काम अझैसम्म पूरा भएको छैन ।

गतवर्ष भूकम्प सुरक्षा दिवस पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गरेको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ । गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरे । तर त्यो पनि पूरा भएको छैन ।

योलगायत देशैभरको स्थिति उस्तै छ । र वर्सेनि मनाइने भूकम्प सुरक्षा दिवस औपचारिकतामा मात्रै सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment