+
+

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्रलाई शीतलनिवासको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २ गते १८:५६

gyanendra-2

२ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निम्तो पठाएकी छिन् । पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा बोलाइएको छ ।

राष्ट्रपति भवनभित्रै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग हुँदैछ ।

पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्र आएयता एकचोटि पनि शीतलनिवास टेकेका छैनन् । सोमबार राष्ट्रपतिको निम्तो मान्न उनी शीतलनिवास गए भने राष्ट्रपति कार्यालयमा पूर्वराजाको त्यो पहिलो उपस्थिति हुनेछ ।

पूर्वराजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला सहभागिता जनाउने संस्कार र परम्परा रही आएको छ ।

राष्ट्रपति कार्यालय स्रोतले पूर्वराजाबाट विवाहमा सहभागिता जनाउने सूचना आएको अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?