Comments Add Comment

कायराले छान्यो उत्कृष्ठ मोडल

kayara

काठमाडौं । कायरा बुटिकले आयोजना गर्ने फेसन शोका लागि २० मोडल छानिएका छन् । २० मध्ये १० नयाँ र १० पुराना मोडल छानिएको बुटिककी सञ्चालिका एवं फेसन डिजाइनर रोजिना श्रेष्ठले बताइन् ।

छानिएका सबै मोडललाई धिरज तण्डुकारले प्रशिक्षण दिनेछन् । नयाँ मोडललाई १५ दिने प्रशिक्षण दिइने भएको छ भने पुरानालाई दुई दिनको प्रशिक्षण दिइने छ । ‘पुराना मोडल अनुभवि हुनुहुन्छ उहाँहरुलाई धेरै दिन प्रशिक्षण दिनु पर्दैन ।’ रोजिनाले भनिन् ।

माघको तेस्रो साता हुने फेशन शोमा ७ सिक्वेन्स रहेको छ । उक्त फेसन शोमा पाँच नायिकाले समेत र्‍याम्पमा क्याटवाट गर्नेछन् । फेसनप्रति आम सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएका रोजिनाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment