Comments Add Comment

स्पेन पुगेर दीपकले भने-‘८० प्रतिशत फेक आइडीबाट गाली आइरहेको छ'(भिडियाे)

'प्रमाण जुटाउनुहोस्, म सजायँ भोग्न तयार छु'

dipak-dipa-europe

यतिबेला चलचित्र ‘छक्का पन्जा’को प्रदर्शनका लागि हाँस्य कलाकार दीपकराज गिरी निर्देशक दीपाश्री निरौलाका साथमा यूरोपमा छन् । ‘छक्का पन्जा’ पाइरेसी गरेका एक यूवकले आत्महत्या गरेको खबर सार्वजनिक भएपछि अहिले दीपकलाई धेरैले गाली गरिरहेका छन् ।

नवलपरासीका कृष्ण सुवेदीले काठमाण्डौमा रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । सामाजिक संजालमा दीपकले टर्चर दिएकै कारण कृष्णले आत्महत्या गरेको भन्दै उनीमाथि आरोप पनि लगाइएको छ । उनै दीपकले सोमबार स्पेनको बार्सिलोनामा आयोजित चलचित्र ‘छक्का पन्जा’को प्रदर्शन अघि बोल्दै भने-‘८० प्रतिशत फेक आइडी बनाएर मलाई गाली गरिरहेका छन् ।’

उनले भने-‘मेरो क्षती भयो भनेर उजुरी गर्दा कोहि मान्छे आत्तिएर त्यो दुर्घटना हुन पुग्यो । मेरा रियल फ्यानहरुले यो कुरा वुझ्नु भएको छ । तर, फेसबुकमा एकदमै बढी चलखेल भइरहेको छ, हामीलाई गाली आइरहेको छ । तर, रियल फ्यानहरुले गालीको प्रतिपाद गरिरहेका छन् ।’कलाकार गिरीले घटनाले आफू मर्माहत भएको भन्दै नेपाल पुगेपछि सुवेदीको परिवारलाई भेट्ने पनि बताए ।

उनले आफूले एक सातादेखि धम्की दिइरहेको भन्ने आरोप गलत भएको भन्दै प्रमाण जुटाए सजायँ भोग्न आफू तयार रहेको समेत सुनाए । उनले भने-‘एक हप्ता अघिदेखि म यूरोपमा नै थिएँ । कल डिटेल त हुन्छ नि विदेशबाट फोन गरेको पनि । त्यो देखाइदिनुहोस्, म सजायँ भोग्न तयार छु ।’

पाइरेसी प्रकरणबारे दीपकले भने-‘भाइहरुको जीन्दगी बर्बाद हुन्छ, साइवर क्राइममा परेपनि उनीहरु विदेश जान पाउँदैनन् भन्दै अलि सचेत बनाएर छाडिदियौं । तर, म ताक्छु मुडो, मुडो ताक्छ घुडो जस्तो भयो ।’ उनले नेपालमा नाम कमाउनु भनेको अभिशाप जस्तै भएको र सेतो लूगामा नचाहेर पनि दाग देखिन्छ भनेका छन् । दीपक र दीपा वुधबार नेपाल र्फकदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment