Comments Add Comment

समावेशी विकास सूचकांकमा भारतभन्दा नेपाल अगाडि

Nepal-India
४ माघ, काठमाडौं । समावेशी विकास सूचकांकमा नेपालले छिमेकी मुलुक भारतलाई निकै पछि पारेको छ ।

वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ)ले सार्वजनिक गरेको ‘समावेशी बृद्धि र विकास सूचकांक २०१७’मा नेपाल २७ औं स्थानमा छ । भारत भने बंगलादेश र पाकिस्तान भन्दा पनि पछि रहेर ६० औं स्थानमा छ ।

पछिल्लो ५ वर्षमा नेपालको समावेशी विकासमा उल्लेखनीय सुधार आएको डब्लूईएफको रिपोर्टमा उल्लेख छ । नेपालमा गरिबीको दरमा गिरावट आएको छ भने आयमा असमानता (शुद्ध आय गिनी) पनि करिव ८ अंकमा छ ।

समावेशी विकास सूचकांकमा सुधार आउनुको कारण पछिल्ला केही वर्षहरुमा बेरोजगारी अपेक्षाकृत रुपमा कम हुनु र कामदार (कर्मचारी)मा महिलाको बलियो सहभागितालाई पनि मानिएको छ । यद्यपि व्यक्तिव्यक्ति जीडीपी र श्रम उत्पादकतामा भने यो कमजोर देखिएको छ ।

समावेशी बृद्धि र विकास सूचकांकको रिपोर्टका अनुसार अर्थतन्त्रको अनौपचारिक क्षेत्रको हिंसाा ठूलो रहेको छ र ज्याला निकै कम छ, जसका कारण कामदारहरुमा गरिबीमा धकेलिँदै गएका छन् ।

समावेशी विकास सूचकांकमा चीन १३ औं स्थानमा छ भने बंगलादेश ३६, पाकिस्तान ५२ र भारत ६० औं स्थानमा छ ।

हेर्नुहोस् सूची

the-inclusive-growth-and-development-report

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment