Comments Add Comment

उमेर हदले नेविसंघमा विवाद, स्वीकार गर्दै स्ववियु चुनावमा होमिन कांग्रेसको निर्देशन

sher-bahadur-deuba-and-ramchandra-paudel४ माघ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले २८ वर्षे उमेर हद स्वीकार गर्दै स्ववियु निर्वाचनमा होमिन पार्टीसम्वद्ध विद्यार्थी संगठन नेविसंघलाई निर्देशन दिएको छ ।

बैठकले स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी गराउन पार्टीको तर्फबाट पहल गर्ने निर्णय पनि गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने घोषणा गरिसकेको छ ।

तर, उमेर हद स्वीकार गरेर स्ववियु निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा नेविसंघमा चरम विवाद छ ।

हालै बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले स्ववियु निर्वाचनमा एक पटकका लागि उमेर हद लागू नगर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ । यद्यपि, त्यसमा नेविसंघकै एक पक्षले फरक मत राखेको छ ।

५ हजार १ सय सदस्यीय तयारी समिति गठन

उमेर हदको विषयलाई लिएर नेविसंघमा विवाद भइरहेका बेला मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केही पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसमेत सहभागी थिए ।

स्रोतका अनुसार देउवाले स्ववियु चुनावमा नेविसंघलाई जिताउने गरी तयारी गर्न नेताहरूलाई निर्देशन दिएका थिए । बैठक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘स्ववियु चुनावमा भाग लिन पार्टीले निर्देशन दिइसकेको छ र नेविसंघलाई जिताउन आवश्यक रणनीति समेत लिइएको छ ।’

स्रोतका अनुसार स्ववियु चुनावको तयारीका लागि ५ हजार १ सय एक सदस्यीय समिति गठन गरिसकिएको छ ।

देउवा निवासमा बसेको बैठकबारे अनलाइनखबरको जिज्ञासामा नेविसंघ अध्यक्ष नैनसिंह महरले त्यसबारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘भोलि हामी पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरु सार्बजनिक गर्छौं । अरू कुरा मलाई पनि थाहा भएन  !’

DilliRam-Subedi

नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले भने नैतिक रुपमा पनि उमेर हदको विरोध गर्ने अवस्था नरहेको बताए । ‘आम कार्यकर्तादेखि पार्टी नेतृत्वसम्म स्ववियुको रक्षा गर्ने कुरामा जोड छ,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिलेको एजेण्डा स्ववियु निर्वाचनमात्रै हो । अरु विषय तपसीलका हुन् ।’

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्वन्धन प्राप्त कलेजहरुमा आगामी फागुन १४ गते स्ववियु चुनाव हुँदैछ ।

हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालयता हुन सकेको छैन । यसपटक स्ववियु चुनावको इतिहासमै पहिलोपटक २८ वर्षे उमेर हद लागू हुनेछ भने मिश्रित निर्वाचन प्रणाली अवलम्वन गरिने छ ।

एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले यसअघि नै उमेर हद स्वीकार्ने निर्णय गरिसकेका छन् । अखिल क्रान्तिकारीले हालै स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसहरुमा खटिने कमाण्डरहरु समेत तोकेको छ ।

यो पनि पढ्नुहोस् 

अखिल क्रान्तिकारीले तोक्यो स्ववियु चुनावका कमाण्डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment