Comments Add Comment

ज्ञवालीको रिटमाथि सुनवाइ सुरु, अन्तरिम आदेश दिएन

supreme-court-of-nepal

४ माघ, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु गरेको छ । तर, उनले मागे जस्तो अन्तरिम आदेश दिएन ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार प्रारम्भिक सुनवाइ गर्दै अन्तरिम आदेश दिने-नदिने सम्बन्धमा विपक्षलाई उपस्थिति गराउने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा विपक्षीलाई ज्ञवालीलाई हटाएर र नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित हुन भनिएको छ ।

ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री र डा. गोविन्दराज पोखरेललाई विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा. पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो ।

तर, गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment