१८ जनवरी, सिड्नी । एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलियाका अध्यक्ष शुवंश प्रसाद साहले रौतहटका गरिब एक सय परिवारलाई जाडोबाट बँच्न कम्बल वितरण गर्नुभएको छ ।
रौतहटको पिपरा रजवारा-५, फुलबरिया, गढौ, खर्की, लौकाहा गाउँका एक सय जनालाई हिउँदमा कम्बल वितरण गरिएको हो ।
विगत दश वर्ष यता प्रत्येक वर्ष व्यक्तिगत रुपमा साहले रौतहटका विपन्न परिवारलाई सहयोग गर्दै आउनु भएको छ ।
हालै ८२ वर्षीय समाजसेवी एवम् शुवंशका पिताजी किसुनी साहले उक्त कम्बल वितरण गर्नुभयो ।
एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलियाले अष्ट्रेलियामा तराईमा मनाइने छठ, होली लगायत साँस्कृतिक पर्वहरुको आयोजना गर्दछ ।
साथै मधेस आन्दोलनका घाइतेहरुलाई पनि उक्त संस्थाले सहयोग गरेको थियो ।
उक्त संस्थाले महोत्तरीको बासबिट्टी गाविसमा एक पुस्तकालय पनि निर्माण गरिदिएको छ ।
हाल सिड्नीमा उक्त एसोसियसनमा ५० जना भन्दा बढी सदस्यहरु आबद्ध छन् ।
प्रतिक्रिया 4