Comments Add Comment

भ्यालेन्टाइन डेमा फेसन शो

fashion-show-5

काठमाडौं । प्रेम दिबस अर्थात भ्यालेन्टाइन डेको अवसरमा काठमाडौंमा फेसन शो हुने भएको छ । युवा पुस्तालाई फेसनप्रति जागरुक बनाउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा ३६ मोडलको सहभागिता हुने आयोजक बंशी खड्काले बताए ।

नेपाली फेसन उद्योगलाई बृहत बनाउन फेसन शो सहयोगी हुने आयोजक संस्थाको भनाई छ ।

३६ मध्ये ६ जना पुरुष छन् भने ३० जना महिला । कार्यक्रमका लागि मोडल छनौट भैसकेको जानकारी दिँदै खड्काले भने ‘कार्यक्रम सभ्य र भब्य बनाउने तयारी भइरहेको छ’ ।

फेसन सेक्रेट शीर्षकमा हुने कार्यक्रममा अन्य विभिन्न उपाधि पाएका मोडलको समेत सहभागीता हुने भएको छ । केही दिन अघि एक कार्यक्रममा अडिसन मार्फत कार्यक्रमका लागि मोडल छानिएको थियो । छानिएका मोडललाई थप प्रशिक्षण दिने आयोजक संस्थाको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment