Comments Add Comment

पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन

अन्तरदेशीय अपराध र आतंकवाद नियन्त्रण गर्न नयाँ रणनीति बनाउने

 

interpol-conference-at-ktm

७ माघ, काठमाडौं । पाँच बुँदे घोषणापत्र जारी गर्दै प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सकिएको छ ।

काठमाडौंको हायत होटलमा तीन दिनसम्म चलेको सम्मेलनमा ५० सदस्य राष्ट्र र ३ पर्यवेक्षकहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनको तेस्रो तथा अन्तिम दिन आज पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले सम्मेलनको पाँच बुँदे घोषणापत्र सार्वजनिक गरे ।

घोषणापत्रमा, इन्टरपोलले एसिया क्षेत्रमा हुने अन्तरदेशीय अपराध र आतंकबादलाई नियन्त्रण गर्नका लागि रणनीति बनाउने त्यस्तै मानव तस्करी, बाल श्रमशोषण, बाल यौन दुराचार लगायतका बिषयमा नयाँ रणनीतिक सहकार्य गर्ने उल्लेख छ ।

साथै आतंककारी गतिविधिमा संग्लग्नहरुको व्यक्तिगत विवरण आदानप्रदान गर्ने तथा हराएका विवरणबारे जानकारी दिन सहयोग गर्ने र आतंकबादसँग जोडिएको आर्थिक गतिविधिबारे सूचना आदानप्रदान गर्ने घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री बिमलेन्द्र निधिले नेपाल अन्तरदेशीय अपराध र मानवतस्करी, म्याच फिक्सिङ लगायतका आपराधिक गतिविधि नियन्त्रणका लागि इन्टरपोल सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार रहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment