Comments Add Comment

हिमालय टीभीमा ‘रोडिज्’ शो प्रशारण हुने, विजेतालाई २० लाख नगद पुरस्कार

himalay-rodiz
आफ्नो स्थापनादेखि नै ‘एमटीभी रोडिज्’ले हरेक बर्ष हजारौ मानिसहरुलाई यो प्रतियोगीतामा आकषिर्त गरेको पाइन्छ । यसकारण पनि, यो शो सबैभन्दा ठूलो रियालिटी शो मध्ये एक प्रमाणित भैसकेको छ । रोडिज् एमटीभी इन्डियाको सबैभन्दा बढी रेटेड कार्यक्रमहरुमध्ये एक मानिन्छ । यसमा सहभागी भएका थुप्रै यूवायूवतीहरुको करिअरमा नै परिवर्तन पनि आएको छ ।

अब, नेपालको हिमालय टेलिभिजनले पनि ‘हिमालय रोडिज्’ शो संचालन गर्ने भएको छ । नेपालका टेलिभिजनहरुमा मनोरञ्जनात्मक कार्यक्रमहरु कम हुँदा दर्शकको संख्या घट्दै गएको छ । यस सिरिजिका निर्देशक अमन प्रताप अधिकारीका अनुसार-‘यस्तो ठूलो स्तरको अन्तराष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु हामी सबैको लागि एकदम रोमाञ्चक कुरा हो । यसले नेपाली प्रोडक्शन प्रयासहरुलाई अन्तरराष्ट्रिय स्तर प्राप्त गर्न मदत पुर्‍याउनेछ ।’

हिमालय रोडिज्को पाँचवटा फरक-फरक शहरहरुमा अडिसन गरिनेछ । पोखरामा मार्च १, वुटवलमा मार्च ४, चितवनमा मार्च ६, धरानमा मार्च ९ र काठमाण्डौमा मार्च १३ र १४ मा यसको अडिसन हुने आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशका विभिन्न भूभागमा यसको छायांकन हुने भएकाले पनि आन्तरिक पर्यटनमा अभिवृद्धि पनि हुने आयोजकले विश्वास लिएको छ । यो शोको निणर्ायकहरुमा दिया मास्के, रेमनदास श्रेष्ठ र आशिस राना छन् । यो शोको विजेताले २० लाख नगद र एउटा बजाज एभेन्जर जित्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment