Comments Add Comment

कोही तर्सिए तर्सिउन्, एमालेले आफ्नो शक्ति देखाउँछ: ओली

'माकाफुइँ'को परिभाषा सुनाए

kp-oli

९ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जो सुकै तर्सिए पनि एमालेले आफ्नो शक्ति देखाइछाड्ने बताएका छन् ।

एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले बलियो छ भनेर चुनाव टार्न नसक्ने बताए । ‘एमाले कमजोर भएको छैन, मजवुत नै छ’ ओलीले भने, ‘कोही तर्सिए तर्सिउन्, हामी हाम्रो स्ट्रेन्थ देखाउँछौं ।’

मधेस जनपरिचालन अभियान चलाएर मधेसका राजमार्गहरुमा शक्ति देखाउने उनले बताए । सभाहलमा एमाले नहट्ने भएकाले चौडाई नपुगेपछि लामो हुने भएकाले शक्ति प्रदर्शनका लागि राजमार्गलाई रोजेको उनले बताए ।

अब एमालेका कार्यक्रमको तस्वीर स्याटलाइटबाट मात्र खिच्न सकिने उनले दोहोर्‍याए ।

तराई मधेसमा सुरु भएको एमालेमुक्त मधेस अभियानतर्फ संकेत गर्दै ओलीले केही मानिसहरुले उपद्रो मच्चाइरहेको र त्यो अन्तिम किस्ता भएको बताए । उनले भने, चरिफुरी निकै बढेको छ । नगरा पिटेर एमालेलाई विदा गर्ने भन्दैछन् ।’

एक समय पहिले आफुले माकाफुइँ शब्द प्रयोग गरेको स्मारण गर्दै एमाले अध्यक्ष ओलीले त्यसको परिभाषा सुनाए । ‘बाँदरले कसैलाई तर्साउन पर्‍यो भने रुखको हाँगा समाएर हल्लाउँछ । तर, धेरै हल्लायो भने उ आफैं खस्छ,’ मधेसमा भइरहेको विरोधतर्फ संकेत गर्दै उनले भने, ‘माकाफुइँ भनेको त्यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment