Comments Add Comment

वार्नरको शतकसँगै अष्ट्रेलियाले जित्यो सिरिज

austrelian-team
९ माघ, काठमाडौं । डेभिड वार्नरको शतकको मद्दतमा अष्ट्रेलियाले चौंथो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई ८६ रनले पराजित गरेको छ । र, अन्तिम खेल अघि नै पाँच एकदिवसीय श्रृखला ३-१ ले आफ्नो पक्षमा पारेको छ ।

सिड्नीमा ३५४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.५ ओभरमा २६७ रन जोड्दा अलआउट भयो । उसका लागि शार्जेल खानले ७४ रन बनाए भने शोएल मल्लिकले ४७ र मोहम्मद हाफिजले ४० रनको योगदान दिए ।

उसलाई सस्तैमा समेट्ने क्रममा जोस हृयाजलउड र एडम जाम्पाले ३-३ विकेट लिए । ट्राभिस हेडले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३५३ रन बनाएको थियो ।

उसका लागि वार्नरले १३० रन जोडे । ११९ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हाने । ग्लेन म्याक्सवेलले ७८ रनको पारी खेल्दा ट्राभिसले ५१ र स्टिभ स्मिथले ४९ रनको योगदान दिए ।

पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए । १० ओभर खेलेका उनले ५२ रन खर्चिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment