Comments Add Comment

नेपाल आइडलमा सहभागी नर्भस हुने छैननः इन्दिरा जोशी

Indira Joshi (4)काठमाडौं । रियालिटी शो ‘नेपाल आइडल’ को निर्णायक बनेकी छिन् इन्दिरा जोशी ।

१० वर्ष अघि रियालिटी शो ‘नेपाली तारा’मा सहभागी इन्दिरा सोही प्लेटर्फमवाट गायनमा प्रवेश गरेकी थिइन् । यद्यपि उनले उपाधि हात पार्न भने सकिनन् । तर, अहिलेको चर्चित गायिकाको रुपमा चिनिन्छिन् ।

१० वर्षपछि त्यस्तै प्रकृतिको कार्यक्रममा निर्णायक भएकी इन्दिरा भन्छिन् ‘म सहभागीलाई स्टेज प्रस्तुतिका लागि सहज बनाउने प्रयास गर्ने छु ।’ निणर्ायकमा अनुबन्ध हुनु अघि उनले कार्यक्रम आयोजकलाई प्रश्न गरेकी थिइन् । म किन निर्णायक हुने ?

उनलाई आयोजकले भने ‘तपाई अनुभवि हुनुहुन्छ तपाईले कार्यक्रममा सहभागीलाई सहज प्रस्तुतिका लागि तयार गर्न सक्नुहुन्छ’ ।

यस्ता कार्यक्रममा सहभागी कतिपय हतोत्साही (नर्भस) हुन पनि सक्छिन् । इन्दिरा भन्छिन् ‘कार्यक्रममा सहभागी हुनेहरु कोही पनि हतोत्साही नहुनु होला म छु उहाँहरुका लागि सहज वातावरण बनाउने छु ।’

नेपाली ताराको स्टेजमा पहिलो पटक प्रस्तुति दिँदा इन्दिरा आफैं पनि हतोत्साही भएकी थिइन् । उनी भन्छिन् ‘मैले पहिलो पटक राष्ट्रिय स्तरका कलाकारलाई स्टेजमा देखेको थिए म आफैं पनि हतोत्साही भएको थिएँ ।’

आफु रियालिटी शोवाटै आएकाले अलि बढी भावनात्मक पो हुने हो कि भन्ने डर पनि छ । तर निर्णयमा भावनाले काम नगर्ने स्पष्ट पारिन् ।

आफ्नो पालाको तुलनामा अहिलेका प्रतियोगीलाई धेरै सजिलो भएको बुझेकी छिन् उनले । ‘अहिलेका सहभागीहरुलाई प्रविधीले धेरै कुरा सिकाएको छ । मलाई लाग्छ हाम्रो पालामा जस्तो हतोत्साही हुनुहुन्न’ ।

कार्यक्रममा सहभागी सबैले उपाधि नजिते पनि यो कार्यक्रम गायन करिअर बनाउने महत्वपूर्ण फोरम भएको इन्दिराले बताइन् । ‘उपाधि पाउने त एकजनाले मात्रै हो तर, यो फोरम गायन करिअरका लागि उपयुक्त हुनसक्छ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment