Comments Add Comment

भूकम्पको भग्नावशेषबाट यसरी उठ्दैछ सिन्धुपाल्चोक (फोटो कथा)

दोस्रो किस्ताको पर्खाईमा भूकम्पपीडित

sindhupalchok-reconstruction-13
११ माघ, सिन्धुपाल्चोक । केन्द्र गोरखाको बारपाक भए पनि १२ बैशाख २०७२ को विनासकारी भूकम्पको सबैभन्दा कहर भोग्ने जिल्ला सिन्धुपाल्चोक बन्यो । बैशाख २९ र त्यसपछिका पराकम्पनले सिन्धुपाल्चोक जिल्लाका ३ हजार ५ सय ७० जनाको ज्यान लियो ।

सरकारी तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा अझै ८ जना बेपत्ता छन् भने १ हजार ५ सय ६७ जना घाइते भए । जिल्लाका ४३ मध्य ४१ सरकारी कार्यालय ध्वस्त भए । जिल्लाका ५ सय ४७ विद्यालय भत्किए अनि जिल्ला अस्पतालसहित ८० स्वास्थ्यचौकी ध्वस्तै भए । जिल्लाका करिब ९० प्रतिशत निजी आवास बस्नै नमिल्ने गरी भत्किए ।

sindhupalchok-reconstruction-14
भूककम्पकै कारण १३ झोलुंगेपुल र ६ सय ९१ खानेपानी योजना पनि बिग्रियो । भूकम्प लगत्तै भकारी, त्रिपाल र विस्तारै अस्थायी रुपमा जस्ताले बारेका टहरा (कटेज) बनाएर स्थानियले झरी, खडेरी र चिसो काटे । सरकार फेरिए तर भूकम्प पीडितका दुःख फेरिएनन् बरु थपिंदै गए । आशाका बाढी आए, उल्टै पीडितका सपना बगाएर लगे ।

काम गराईको गती धीमा भएका कारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी गाउँघरमा पुग्न डेढ वर्ष लाग्यो । त्यसअघि भूकम्प गएको वर्ष दिन पारेर सिन्धुपाल्चोक सदरमुकाम चौतारामा तात्कालीन प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माणलाई गति दिन भन्दै एक स्थानीयको घर निर्माणको थालनी समेत गरे ।

sindhupalchok-kp-oli-11
माघ २, २०७३ का दिन जिल्ला सदरमुकाम चौतारामा राष्ट्रिय भूकम्प दिबस मनाउन आयोजित कार्यक्रममा गाउँ-गाउँमा पुनर्निर्माणका लागि प्राविधिक खटाईरहेको शहरी विकास मन्त्रालय अन्तरगतको भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख टंक गौतमले हालसम्म भूकम्पले भत्काएका ४ दशमलब ३७ प्रतिशत घर मात्रै निर्माण सम्पन्न भएको तथ्यांक प्रस्तुत गरे ।

पुनर्निर्माण प्राधिकरणबाट गाउँ-गाउँमा खटिएका प्राविधिकले सेवा सुविधाप्रति असन्तुष्टि जनाउँदै पटक-पटक गरेको विरोध कार्यक्रमले पहिलो किस्ता लिएर घर बनाउन चाहनेको आँगनसम्म पुग्ने बाटोमा तगारो थपिदियो ।

sindhupalchok-reconstruction-16

गाविसमा घर बनाउन निवेदन दिने सर्बसाधारण कहाँ गएर जाँच गर्ने र सुझाव दिने काम पनि बाक्लिनुको साटो झनै पातलियो । सुरक्षित आवासका लागि सरकारी र गैरसरकारी संस्थाका तर्फबाट चेतनामुलक कार्यक्रम भएका छन् तर विविध कारणले सबै कहाँ पुग्न सकेन । कतिले बेवास्ता पनि गरे अनि बनेका घर पनि मापदण्ड पूरा भएका देखिएनन् ।

sindhupalchok-reconstruction-10

अधिकांशले सिमेन्ट प्रयोग गरेर ढलान गरी बनाइएको घर मात्रै बलियो हुन्छ भन्ने मानसिकता बनाएका छन् । फलामे डण्डी र जस्ताको छानो राख्दा मात्रै बलियो हुन्छ रे भन्ने पनि धेरै भेटिए । प्राविधिक सल्लाह नै नलिई घर बनाउने बनाइरहेकै छन् । सुरक्षित घर बनाउन डकर्मी तालिम भएपनि अपेक्षित रुपमा डकर्मी उत्पादन हुन नसक्दा काममा अझै ढिलासुस्ती नै छ ।

sindhupalchok-reconstruction-3
सरकारी निकायसँगको समन्वयमा जिल्लामा विभिन्न १६ संस्थाले विपद जोखिम न्युनिकरणको क्षेत्रमा पनि काम गरिरहेकै छन् । जुन गतिमा अपेक्षा गरिएको हो त्यो रुपमा भत्किएका घर बन्ने काम सुरु भएको छैन ।

जिल्लामा कार्यरत केही संस्थाले केही हजार घर बनाइदिने सम्झौता गरी काम थाले पनि करिब ७८ हजार घर पुनर्निर्माण गर्नुपर्ने छ सिन्धुपाल्चोकमा ।

sindhupalchok-reconstruction-5
राष्ट्रिय राजनीतिले छायाँमा परेको पुनर्निर्माणको कामलाई गति दिने विषयमा जमेर बहस पनि हुन नसक्दा अबको वर्बषातसम्म पनि ९० प्रतिशतभन्दा बढीले छाप्रोमै रात गुजार्नुपर्छ, सिन्धुको दृश्यले यसै भन्छ ।

sindhupalchok-reconstruction-17
sindhupalchok-reconstruction-9
sindhupalchok-reconstruction-4
sindhupalchok-reconstruction-2
sindhupalchok-reconstruction-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment