+
+

भारतीय राजदूतको दाबीः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १५:२६

ranjit-reya
१२ माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको दाबी गरेका छन् । नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न गरे ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा राजदूत रायले भने, उनले भने, ‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन । नेपाललाई फाईदा नहुने कुरा, भारतलाईपनि फाईदा हुँदैन ।’

भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको ईतिहास सुनाए। ‘काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिएपनि नेपाली जनतामा यस्तो विरोधी भावना छैन, उनले थपे ।

राजदूत रायले नेपाल-भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद बनाउन आर्थिक साझेदारीमा केन्दि्रत रहेर अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल-भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दीअनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?