Comments Add Comment

नेपालले नसके साग हामी आयोजना गर्छौंः पाकिस्तान

१२ माघ, काठमाडौं । अर्को वर्ष हुने दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्ने जिम्मा पाएको छ । तर, नेपालले नसक्ने हो भने आफू साग आयोजना गर्न तयार रहेको पाकिस्तानले बताएको छ ।

रावलपिण्डीमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान ओलम्पिक एशोसिएन (पीओए)का अध्यक्ष सैयद आरिफ हसनले भने, पाकिस्तानले २०२० को साग आयोजना गर्छ । तर, यदि नेपालले २०१८ को साग आयोजना गर्न सक्दैन भने पाकिस्तान २०१८ मै आयोजना गर्न तयार छ ।

उनले प्रतियोगिता आयोजनाका लागि इस्लामावाद उपयुक्त स्थान हुने समेत दाबी गरेका छन् । पीओएका अध्यक्ष हसनले आगामी तीन वर्षसम्म सागका लागि बजेट छुट्याउन समेत सरकारसँग माग गरे ।

पाकिस्तानमा साग भए भारत सहभागी नहोला नि भन्ने प्रश्नमा उनले यसबारे विभिन्न खेलसँघहरुमार्फत सम्वन्धित निकायसँग छलफल भइरहेको बताएको द नेशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment