Comments Add Comment

चीनको यो विचित्र सहर, जो गर्मीमा हराउँछ र जाडोमा पुनः बनाइन्छ

china
चिसो याममा हिउँ पर्नु स्वभाविकै हो । तर के तपाइँले कहिल्यै हिउँको सहरका बारेमा सुन्नुभएको छ ? हिउँको सहर भन्ने बित्तिकै हिउँले ढाकेका घरहरु भएको सहर भन्ने कल्पना गर्नुहोला । तर होइन । चीनमा एउटा यस्तो सहर छ जहाँका पूरै भौतिक संरचना हिउँले बनाइएका छन्, ढाकिएका मात्र होइनन् ।

चीनको हेलोंगजियांग प्रान्तस्थित हरबिनमा हरेक वर्ष हरबिन अन्तराष्ट्रिय हिउँ तथा बरफ महोत्सव नै हुने गर्दछ ।

उक्त महोत्सवका लागि त्यहाँ हिउँबाट पूरै सहर नै तयार गरिन्छ । हिउँको सहर हेर्नका लागि ठूलो संख्यामा पर्यटक आउँछन् । झण्डै एक महिनासम्म चल्ने उक्त महोत्सवमा हिउँका भवन तथा संरचनाहरु ऋाकर्षणको केन्द्र बन्दछन् ।

harbin

चिसो याममा उक्त सहरको तापक्रम माइनस १७ डिग्री सेल्सियस सम्म पुग्दछ । महोत्सवका दौरान त्यहाँ विभिन्न खाले हिम खेलहरु पनि आयोजना गरिन्छ ।

रोचक त के भने हिउँले बनेको यो सहर जब गर्मी सुरु हुन्छ तब पग्लिँदै जान्छ । चर्को गर्मीयाममा त यो पूरै सहर पग्लिएर हराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment