+
+
Shares

माओवादी सांसदले भने-प्रचण्ड सरकार असफल भयो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १४ गते १४:१२

aamanlal-modi

१४ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नगरे अर्को टिकापुर घटना दोहोरिने चेतावनी दिएका छन् । साथै उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको दाबी गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद मोदीले भने, ‘यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन ।’

उनले यदि समयमै माग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए ।

कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनु पर्ने भन्दै उनले थारुहरुको माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे प्रतिकारमा उत्रिने चेतावनी दिए। उनले भने, ‘हाम्रा मागहरु सम्बोधन नभई चुनाव घोषणा गरिए कुनै हालतमा मान्दैनौं ।’

माओवादी सांसद मोदीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार पनि पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए । उनले भने, ‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भिर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?