Comments Add Comment

दलीय भागवण्डामा निर्वाचन आयोगका तीन सदस्य सिफारिस

election-commision
१४ माघ, काठमाडौं । संवैधानिक परिषदले तीन दलको भागवण्डामा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ ।

परिषद्को शुक्रबार दिउँसो बसेको बैठकले आयोगका सदस्यहरुमा तीन पूर्व प्रशासक ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहको नाम सिफारिस गरेको हो ।

नियुक्त भएकाहरु तीन दलको कोटामा परेका हुन् । पूर्व रक्षा सचिव ईश्वरीप्रसाद पौडेल कांग्रेसको कोटामा परेका हुन् । नरेन्द्र दाहाल एमालेको कोटामा परेका हुन् । उनी केही समय निर्वाचन आयोगको सचिव भइसकेका प्रशासक हुन् । संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता केपी शर्मा रहेकाले आयोगमा एक सदस्य एमालेले पाएको हो ।

अर्का आयुक्त सुधिर कुमार शाह माओवादी कोटाबाट परेका हुन् । उनी गृह मन्त्रालयका पूर्व सहसचिव हुन् ।

सिफारिस भएकाहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । र, योसँगै आयोगले पूर्णता पाउनेछ ।

पाँच पदाधिकारी रहने निर्वाचन आयोगमा हाल प्रमुख आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment