Comments Add Comment

सफलताको कथाः विद्यालयले गेम खेल्न नदिँदा २६ वर्षमै ४० करोडका मालिक


बेलायती नागरिक ज्याक केटर एमएएच कम्पनीका संस्थापक हुन् । उनी ४० करोड पाउण्ड स्टर्लिङका मालिक बन्न सफल भएका छन् । केटरलाई विद्यालयमा पढ्दा गुरुहरुले कम्प्युटरमा गेम खेल्न दिएको भए उनी यसरी धनी हुने थिएनन् ।

विद्यार्थीहरुको पढाइ नबिगि्रयोस् भनेर केटर पढ्ने स्कुलमा विद्यालय प्रशासनले कम्प्युटरमा गेम खेल्न तथा म्युजिक सुन्ने र भिडियो हेर्ने प्रोग्राम बन्द गरिदियो । त्यसैको झ्वाँकले उनी कम्युटर सफ्टवेयरका नयाँ आविश्कारक बन्न पुगे ।

विद्यालयको नियम उल्लंघन गर्ने उपायको खोजीकै क्रममा उनलाई यस्तो सफलता मिल्यो । र, उनी विद्यालयमा कम्प्युटरमा गेम खेल्नका लागि नेटवर्क हृयाक गर्न खोजेकै कारण अहिले ४० करोड पाउण्ड स्टरलिङका मालिक बनेका हुन् ।

सन् २००५ मा ज्याक १६ वर्षका मात्रै थिए । पूर्वी बेलायतको नरफक माध्यामिक विद्यायमा उनले अध्ययन गरिरहेका समयमा स्कुलमा रहेका कम्प्युटरमा गेम खेल्न र संगीत सुन्न बन्द गरियो । त्यसपछि किशोर अवस्थाका केटर विद्यालयले ब्लट गरेको नेटवर्क कसरी तोड्ने भनेर उपायहरुको खोजी गर्नतिर लागे

तर, उनी जसरी भए पनि गेम र म्युजिक सुन्न चाहन्थे । यसका लागि उनले नेटवर्कलाई हृयाक गर्नुपर्दथ्यो । संगीत सुन्न तथा कम्प्युटरमा गेम खेल्नका लागि स्कुलमा रहेको कम्प्युटर नेटवर्क ह्याक गर्ने त्यही सोचले नै उनलाई अहिले धनाढ्य बनाएको छ ।

विद्यालयको कम्प्युटरको नेटवर्कको जालो तोड्न उनले विभिन्न वेबसाइटहरुको सहायता लिए । यसबाटै उनी हृयाक गर्न सफल भई छाडे र संगीत एवं भिडियोहरु पनि सुन्न र हेर्न सफल भए । उनले आफ्नो समय होमवर्क गर्नभन्दा पनि भिडियो तथा संगीत सुन्नका लागि प्रयोग गरे ।

उनी तत्कालीन सयममा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रदान गर्ने कम्पनीसँग सन्तुष्ट रहन सकेनन् । त्यति नै बेला उनले आफैं भीपीएन प्रदान गर्ने कम्पनी सञ्चालन गर्ने सोच बनाए ।

सोफामा आमाबुबासँग सँगै बसेका समयमा उनले कम्पनीको नाम दिए हाइड माइ एस (एचएमए) । केटर अहिले आफ्नो सफलताको पछाडि यसको युनिक नामको पनि योगदान ठान्छन् ।

केटरको एचएमए कम्पनी विभिन्न वेबसाइट ब्लक्ड भएका देशहरुमा प्रयोग हुने गर्दछ । किनकि ती देशहरुमा यसले उपलब्ध गराएको भीपीएनका आधारमा वेबसाइइट हेर्न सकिन्छ । साथै यसले प्रयोगकर्तालाई हृयाकरहरुबाट डाटा चोरी हुनबाट पनि बचाउन सक्छ ।

कसरी मिल्यो सफलता ?

केटरले आफ्नो वेबसाइटलाई प्रोमोट गर्नलाई विभिन्न अनलाइन फोरमहरुको पनि सहायता लिए । एक महिनामै लाखौं मानिसहरु उनका प्रयोगकर्ता भए । साथै उनले यसबाटै १५ हजार पाउण्ड स्टरलिङ डलर एकै महिनामा संकलन गर्न सफल भए ।

‘मैले कुनै बिजनेश मोडल वा कुनै प्लान नै बनाएको थिएँ, तर यो केही समयमा नै भाइरल भयो ।’ उनले भने । उनलाई यो रकमले पुनः कम्प्युटरमा ने थप घोत्लिन बाध्य बनायो । त्यसैले उनले कम्प्युटर बारेमा थप अध्ययन गर्नका लागि कलेजमा ज्वाइन गरे ।


यसका प्रयोगकर्ताहरु बढ्न थालेपछि उनले आफै एक्लै मात्रै यो चलाउन सम्भव नहुने थाहा पाए । त्यसपछि उनले आफ्नो कम्पनीमा कर्मचारी भर्ना गर्ने विचार गरे । तर, फूल टाइम भन्दा पनि पार्ट टाइम जागिरे राख्न उचित ठान्दै उनले केही कर्मचारीलाई पार्ट टाइम कामका रुपमा रोजगारी दिन थाले ।

तर, अहिले यो कम्पनीमा एक सय भन्दा बढी कर्मचारी छन् । यसको सहायताले कैयन वेबसाइट ब्लक्ड भएका देशमा समेत जनताले वेबसाइट हेर्न सक्छन् ।

दश वर्षमा नै केटरले ठूलो प्रगति गरे । हालै मात्रै उनले यो कम्पनी ४० करोड अमेरीकी डलरमा बेचेका छन् । केटरले एचएमएलाई बिश्वकै सबैभन्दा ठूलो भीपीएन प्रोभाइडर कम्पनी बनाएका छन् ।

उनले यो कम्पनी अन्य कुनै लगानीकर्ता बिना एक्लै यति ठूलो बनाएका हुन् । उनको यो कम्पनी हालै मात्रै विश्वव्यापी रुपमा फैलिएको सफ्टवेयर कम्पनी एभीजीले खरिद गरेको छ ।

अहिले एभीजीले यसबाट ११ वाषिर्क करोड पाउण्ड स्टर्लिङ बराबरको कारोबार गर्दछ भने २ करोड अमेरीकी डलर वाषिर्क मुनाफा गर्दछ । र कार्ट भने अहिले पनि एचएमएको प्रमुख कार्यकारी नै रहेका छन् ।

तर, कैयन स्थानमा यो वेबसाइट आफै ब्लक्ड भएको छ । चीन र इरानमा भने यो कम्पनी आफै नै ब्लक्ड भएको छ । उनका अनुसार अहिले एचएमएका २ लाख सबस्क्राइबरहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment