Comments Add Comment

आगलागीबाट दुई होटल जले, एक करोड बढीको क्षति

फाइल तस्वीर
१५ माघ, गोरखा । उत्तरी गोरखाको ल्हो गाविसमा दुईवटा होटलमा आगलागी हुँदा एक करोड २५ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

शुक्रवार दिनको ३ बजे भएको आगजनी बाट ल्हो गाविस-६ बस्ने तेन्जिङ लामाको ढुंगा, माटो र काठले बनेको दुई तले होटल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आगजनी बाट होटलमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन तथा पसलको अन्य सरसामान गरी ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए ।

त्यस्तै आगलागीबाट सोही स्थानका घ्याचो लामाको ढुंगामाटो, र काठले बनेको र जस्ताले छाएको १२ कोठासहितको दुईतले होटल जलेर नष्ट भएको छ ।

आगजनी बाट नगद ७० हजारसहित ९० लाख ७० हजार बराबरको सामान क्षति भएको डिएसपी थापाले जानकारी दिए । त्यस्तै हर्मी गाविसकी कला भट्टराइको अस्थायी टहरामा आगलागी हुँदा नगद १५ हजारसहित एक लाख बरावरको क्षति पुगेको छ ।

शनिवार बिहान खाना पकाउने क्रममा आगो फैलिएर भएको आगजनी बाट अन्नपात, लत्ताकपडा र भाडावर्तनमा क्षति पुगेकोे स्थानीयले बताएका छन् । आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment