+
+
Shares

राहत र उद्धारका लागि मानवअधिकार आयोगको अपील

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १४:५९

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको आँधी-हुरी पीडितहरुको उद्धार, राहत र उपचारका लागि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक अपील जारी गरेको छ ।

ठूलो जनधनको क्षति हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले प्रकोप प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सकहरुको तत्काल व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन र मृतका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले घाइतेहरुको उद्धार, उपचार तथा मानवीय सहायताका लागि अविलम्ब सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाजलगायत सबैलाई अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?