Comments Add Comment

जुकरबर्गका पोस्ट डिलिट गरेपछि फेसबुकलाई तनाव

सोसल नेटवर्किङ साइट फेसबुकले कम्पनीका संस्थापक तथा सीइओ मार्क जुकरबर्गका केही पूराना पोस्ट डिलिट गरेको छ । भुलबस जुकरबर्गका पोस्ट डिलिट भएका फेसबुकले जनाएको छ । त्यसरी डिलिट भएका पोस्टमध्ये केही सन् २००७ र २००८ का समेत रहेका छन् ।

फेसबुकले यसरी भुलबस डिलिट भएका पोस्टहरु पुनर्स्थापित गर्ने कोसिस गरिरहेको छ । तर त्यसमा सफलता प्राप्त नभएको फेसबुकको भनाइ छ ।

फेसबुकका एकजना प्रवक्ताका अनुसार जुकरबर्गका डिलिट भएका पोस्टहरु ब्लग वा न्यूज रुममा भेटिने सम्भावना अझै पनि छ । तथापि जुकरबर्गका कतिवटा पोस्ट डिलिट भएका हुन् भन्ने एकिन गर्न बाँकी रहेको उनले बताए ।

पछिल्लो समयमा प्रयोगकर्ताको डाटा सुरक्षाको विषयमा फेसबुक आलोचनाको सिकार बनिरहेको छ । क्रयाब्स अन सेक्योरिटीले आफ्नो एक रिपोर्टमा बताए अनुसार फेसबुकले हजारौँ/लाखौँ प्रयोगकर्ताका पासवर्डलाई साधारण अक्षरका रुपमा संग्रहित गरेर राखेको छ, जसलाई सजिलैसँग पढ्न सकिन्छ ।

फेसबुकमा काम गर्ने कर्मचारीहरु जो सँग फेसबुकको आन्तरिक फाइलमा पहुँच छ उनीहरु प्रयोगकर्ताका ती पासवर्डसम्म सजिलैसँग पुग्न सक्दछन् ।

फेसबुकले Keeping Passwords Secure नामको एक ब्लगपोष्टमा यसको पुष्टि गरेको छ । यो समस्याको पहिचान जनवरीमै गरिसकिएको भन्दै फेसबुकले छिटै त्यो समस्याको समाधान गरी प्रयोगकर्तालाई त्यसको जानकारी दिने जनाएको छ । फेसबुकका अनुसार फेसबुकमा संग्रहित प्रयोगकर्ताका प्लेन टेक्स्ट पासवर्ड बाहिर कतैपनि लिक गरिएको छैन । साथै त्यसलाई फेसबुकले कुनैपनि गलत तरिकाले प्रयोग गरेको छैन । त्यसैले प्रयोगकर्ताहरु चिन्तित हुनु आवश्यक नरहेको र आफ्नो पासवर्ड रिसेट गर्नु नपर्ने फेसबुकले जनाएको छ ।

समाचार अनुसार यसका कारण करोडौँ फेसबुक लाइट एप प्रयोगकर्ता, एक करोड फेसबुक प्रयोगकर्ता तथा झण्डै १० हजार इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएका छन् । यद्यपि यी सबैका बाबजुत अहिलेसम्म फेसबुकका पासवर्ड लिक भएको जानकारी भने आएको छैन । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment