Comments Add Comment

गर्भावस्थामा पायल्सः कारण र उपचार के हो ?

गर्भावस्थामा उच्च रत्तचाप, मधुमेह भए के गर्ने ? गर्भावस्थामा पायल्स भए के गर्ने ? धेरैजसो गर्भवतीले झेल्ने प्रश्न हो यो ।

गर्भावस्था आफैमा एक जटिल शारीरिक अवस्था हो । यतिबेला गर्भवतीको शरीर यसैपनि संवेदनशिल हुन्छन् । उनीहरुको गर्भमा अर्को शरीर हुर्किरहेको हुन्छ । यसले गर्भवतीको शरीरमा अनेकन समस्या ल्याइरहेको हुन्छ ।

त्यसमाथि अन्य समस्या थपिए के गर्ने ?

खासगरी पायल्स ।

हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ । कब्जियतले पायल्स । यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुजि्ररहेको हुन्छ । गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ । यही कारण कब्जियत हुन्छ । कब्जियत नै पायल्सको मूल कारण हो ।

यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहममा हुन्छ ।

सुरुवाती दिनमा मल त्याग वा दिसा गर्न कठिनाई हुन्छ । मलद्वारको आसपासको भागमा दुखाई र चिलाउने समस्या हुन्छ । साथै दिसा गरेको बेला रगतको थोपा तप्किन थाल्छ । मलद्वारको आसपासमा मासुको स-सना दाना देखिन थाल्छ । कुनै कडा ठाउँमा बस्दा असजिलो महसुष हुन्छ ।

किन हुन्छ गर्भावस्थामा पयल्स ?

गर्भवतीको शरीरमा प्रवाहित भइरहेको रगतको मात्रा बढ्छ । र, प्रोजेस्टेरोन हर्मोनलाई हाइ लेभल ब्लड वेसलको भित्ता शिथिल बनाइदिन्छ । यसैले पायल्सको समस्या हुन्छ ।

गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो । चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै । कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ ।

तपाईंलाई थाहै छ, गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन् । कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ ।

गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ । कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ ।

प्रसव व्यथा लागेको बेला

कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ । किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ ।

पायल्सको लक्षण

-दिसा अर्थात मलत्याग गर्दा रगत बग्नु

-म्यूकस निस्कनु

-मलद्वारमा दुख्नु, चिलाउनु ।

-पटक-पटक दिसा लागेजस्तै हुनु ।

गर्भावस्थामा पायल्सबाट कसरी बच्ने त ?

गर्भवस्थामा पायल्स हुने संभावना त धेरै हुन्छ । यद्यपी यसबाट बच्न नसिकने होइन । पायल्सको समस्याबाट छुटकारा पाउनु भनेको कब्जियतको अवस्था आउन नदिनु हो ।

-यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ । नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।

-चिया वा क्याफिनको सेवन नगर्ने ।

-फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।

-पर्याप्त मात्रामा फल र सब्जी खाने ।

-तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।

-नियमित व्यायाम गर्ने ।

-जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।

-दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।

यी प्राकृतिक उपाय हुन् । यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

धेरै आराम पनि नगरौं

अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन् । गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन् ।

यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ । यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन । त्यसैले महिलाहरु स्थिर अवस्थामा रहनु हुँदैन । लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगरौं । यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment