Comments Add Comment

यस्ता छन् बंगाली फिल्मका चर्चित नायिका

मुम्बई । बलिउड र दक्षिण भारतीय नायिका जस्तै बंगाली फिल्मकी नायिकाको पनि क्रेज क्रमस बढ्दो छ । बलिउडका तुलनामा बंगाली नायिकाको चर्चा अलि कम हुन्छ । तर, केहि बंगाली नायिका यस्ता पनि छन् जसको चर्चा बलिउडकै नायिकाको हाराहारीमा हुने गरेको छ । केहि नायिका यस्ता पनि छन् जो फिल्म भन्दा बढी ग्ल्यामरसका कारण चर्चामा आए ।

स्वास्तिमा मुखर्जीः कलकत्तामा जन्मिएकी स्वस्तिमाको करिअर सन २००१ मा टिभी सिरियल ‘देवदासी’वाट सुरु भएको थियो । सन २००४ मा बनेको चलचित्र ‘मस्ताना’मा मुख्य भुमिका निर्वाह गरिन् । उनले १८ वर्षको उमेरमा गायक परमित सेनसँग विवाह गरेकी थिइन् । तर, उनको बैबाहिक सम्बन्ध लामो समय कायम हुन सकेन । उनको श्रीमानले गर्भवती भएको बेला कुटपिट गरेको आरोप समेत लगाएका थिए ।

सन २०१४ मा उनलाई सिंगापुरको एक ज्वेलरी सपमा सुनको रिङ चोरेको अभियोग समेत लाग्यो । उनकी आफ्नो प्रेमी सुमन मुखर्जीसँग ज्वेलरी सप उद्घाटन गर्न गएकी थिइन् । क्रिमिनल, मन्त्रा, क्रान्ति, हेल्लो कलकत्ता, पार्टनर, ब्रेक फेललगायतका फिल्ममा काम गरेकी स्वस्तिमाले एक समय आत्महत्या प्रयाश पनि गरेकी थिइन् ।

पाउली डेमः ४ अक्टुबर १९८० मा कलकत्तामा जन्मेकी पाउली डेमले बंगाली सीरियल ‘जिबाने निये खेला’ मा अभिनय गरेकी थिइन् । सन २०११ मा बनेको बंगाली फिल्म ‘चक्रक’मा काम गरेपछि उनी स्थापित भएकी थिइन् ।

सन २०१२ मा हेट स्टोरीमा काम गरेपछि उनले थप चर्चा पाइन् । हेट स्टोरीमा अनुब्रत बसुसँग उनको इन्टिमेट सिन थियो । सोही दृष्यको विषयमा बंगाली फिल्म उद्योगमा राम्रै बहस सुरु भएको थियो । अग्नीपरिक्षा, आइ लभ यु, जमाई राजालगायतका फिल्ममा उनले अभिनय गरेकी थिइन् ।

सुभाश्री गांगुलीः सुभाश्री गाँगुलीको जन्म पश्चिम बंगालको बर्दवानमा भएको थियो । उडिया फिल्म ‘माते ता लव हेलारे’वाट उनको करिअर सुरु भएको थियो । च्यालेञ्ज, रोमियो, रोमियो ४२०, खोकालगायत उनका चर्चित फिल्म हुन् । उनको सुन्दरता अहिले पनि बंगालमा चर्चित छ । उनले एकमात्र हिन्दी फिल्म ‘स्पार्क’ मा काम गरेकी छिन् ।

प्रोमिता बानिकः मोडलवाट अभिनेत्री बनेकी प्रोमिता बानिकले केहि विज्ञापनमा पनि काम गरेकी छिन् । केहि म्यागजिनको कभरमा समेत छाएकी प्रोमितासँग बंगाली सिरियलमा काम गरेको अनुभव पनि छ ।

कोयल मलिकः कोयल मलिकको असली नाम रुक्मिणी मलिक हो । कलकत्तामा जन्मिएकी कोयलले बंगाली फिल्म नातेर गुरुवाट करिअर सुरु गरेकी थिइन् । कुनै समय बंगाली फिल्म उद्योगमा सबै भन्दा धेरै रुचाइने नायिकाको रुपमा चिनिन्थिन् उनी । शुभोट्टष्टी, प्रेमियर कहानी, हिरो एमएलए फाटकेस्तोलगायत उनका अन्य केहि चर्चित फिल्म छन् ।

मिमी चक्रवर्तीः मिमी चक्रवर्तीले पनि मोडलिङवाट करिअर सुरु गरेकी थिइन् । फेमिना मिस इण्डियामा सहभागी भएकि मिमी टिभी सिरियल ‘गानेर ओपरे’वाट चर्चामा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment