Comments Add Comment

सुन्दर देख्न कुरुप काइदा, कस्तो अनौठो श्रृंगार ?

सुन्दरता के हो अथवा सुन्दर कसलाई भन्ने ? यसलाई नाप्ने सर्बमान्य इकाइ छैन । भूगोल, परिबेश र संस्कृति अनुसार सुन्दरतालाई आ-आफ्नै ढंगमा ब्याख्या गरिन्छ । आ-आफ्नै ढंगले बुझिन्छ ।

तर सबै चाहन्छन्, आफुलाई सुन्दर देखाउन । राम्रो पहिरन लगाउनु, श्रृंगार गर्नुको मनोबिज्ञान पनि यहि हो ।

संसारमा यस्ता अजिब समूदाय पनि छ, जसको सौन्दर्यकला र प्रसाधन देखेर हामी जिब्रो टोक्न बाध्य हुन्छौं । यो त्यस्तै समूदायको कथा हो ।

 

यि हुन्, ट्राइब्स जाति । अनौठो जीवनशैली, संस्कार, वेशभूषाका कारण यिनीहरुको चर्चा गरिन्छ । यि जातिको महिलाहरुको श्रृंगार पनि चर्चा गर्न लायकको हुन्छ । साथै, सौन्दर्य प्रसाधन पनि । एक फोटोग्राफरले हालै मात्र ट्राइब्स जातिका महिलाहरुको तस्बिर कैद गरेका छन् ।

यि महिलाहरु अक्सर यस्तो प्रसाधन प्रयोग गर्छन्, जसले आफुलाई कुरुप देखियोस् । किन ? उनीहरुलाई लाग्छ, ‘खराब नजर लाग्नबाट बच्नका लागि ।’ अर्थात आफुमाथि कसैले नराम्रो दृष्टि नराखोस् भन्नकाका खातिर उनीहरु अनौठो सौन्दर्य प्रसाधन प्रयोग गर्छन् । यसबाट के पनि बुझिन्छ भने, यि समूदायमा समेत महिला हिंसा व्याप्त छ । त्यसो नहुदो हो त, उनीहरु सुरक्षा-कवचको रुपमा आफुलाई कुरुप बनाउदैन थिए होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment