Comments Add Comment

छाला सुक्ने रोगबाट ग्रस्त किशोरी, जसलाई विद्यालयले पनि निकाल्यो


छाला सुक्ने दुर्लभ रोगका कारण भारतकी एक किशोरीको जीवन कष्टकर बनेको छ । हालै उनी आफू पढिरहेको विद्यालयबाट पनि निकालिइन् ।

सालिनी यादवलाई देखेर अन्य विद्यार्थीहरु डराएको भन्दै विद्यालयले निस्कासित गरेको हो । १६ वर्षीया सालिनी एरिथ्रोडेर्मा नामक दुर्लभ रोगबाट पीडित छिन्, जसलाई रेड म्यान सिन्ड्रोम पनि भनिन्छ । डाक्टरहरुले यो रोगको उपचार गर्न सकेका छैनन् ।

सालिनीले शरीरको छालालाई जोगाउन घन्टैपिच्छे आफ्नो शरीरलाई पानीमा भिजाउनुपर्छ र प्रत्येक ३ घन्टामा मोइस्चराइजर क्रिम दल्नुपर्छ । तर, आठ जना सदस्य भएको उनको परिवारले यो क्रिम धान्न सक्दैन । फलस्वरुप जन्मेयता हरेक ४५ दिनमा उनको छाला सुकेर झर्दै आएको छ । यसबाट उनको शरीरमा सर्पको जस्तै कत्लाहरु देखिन्छन्, जुन विभत्स लाग्छ ।

सालिनीकी आमा देवकुँवरले आफ्नी छोरी जन्मेदेखि नै यो रोगबाट पीडित भएको बताइन् । उनले भनिन्, ‘हामीले धेरै डाक्टरहरुलाई देखायौं, तर कसैले पनि उनको उपचार गर्न सकेनन् र उनको अवस्था झन्-झन् विगि्रँदै गयो । औधि पीडा हुने गरी उनको शरीरबाट छाला उप्किएको देख्दा मलाई भाउन्न हुन्छ ।’

‘यो रोडले उनलाई मारेको छैन, तर अलि-अलि गर्दै उनको जीवन खाइरहेको छ । अब कहाँ जाने र कसको सल्लाह लिने भनेर हामी रनभुल्लमा छौ,’ उनले भनिन् ।

एउटा सरकारी सामुदायिक केन्द्रमा सुसारेको काम गर्ने देवकुँवर यतिसम्म विक्षिप्त छिन् कि आफ्नो छोरी यसरी बाँच्नुभन्दा मरिदिए हुन्थ्यो भन्ने सोच्छिन् । सालिनीकी १५ वर्षीया बहिनी सेजल र आठ वर्षका भाई पि्रसको शरीरमा भने कुनै समस्या छैन ।

दैनिक ज्यालादारीमा काम गर्ने सालिनीका पिता राजबहादुरले भने, ‘मेरी छोरीको शिरदेखि पैतालासम्म आगोले जलेको जस्तो देखिन्छ । उनलाई लिएर हामी एकदमै दुःखी छौं ।’

स्कुलबाट निकालिएपछि सालिनीमा झन् पीडा थपिएको छ । उनी भन्छिन्, ‘मेरो अनुहार देख्दा अरु विद्यार्थीहरु डराउँछन् भनेर मलाई विद्यालयबाट निकालियो । तर, म पढ्न चाहन्छु । म यस्ती हुनुमा मेरो के गल्ती छ ? मैले के पाप गरेकी थिएँ र मलाई यस्तो रोग लाग्यो ? म बाँच्न चाहन्छु । यदि सक्नुहुन्छ भने मलाई सहयोग गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment