Comments Add Comment

‘कुम्भ करण’मा नीशा ‘मिस’को पछाडि प्रिन्सिपलदेखि पिउनसम्म(भिडियो)


प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रको केन्द्रमा नायिका नीशा अधिकारी देखिएकी छिन् । एक गाउँमा पढाउने शिक्षिकाको रुपमा उनी देखिएकी छिन् ।

टिजरमा उनलाई केन्द्रमा राख्दै चलचित्रका मुख्य कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई देखाइएको छ । उनीहरु ३ जनाकै आँखा निशामाथि देखिएको छ । आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् ।

चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई पनि दर्शकले देख्न सक्नेछन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्र सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ । आकाश पलको प्रस्तुतीमा तयार भएको चलचित्रमा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह-निर्माण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment