Comments Add Comment

पुरुषमा प्रजनन क्षमता घटाउने ७ कारण

ह्युमन रिप्रोडक्सन जर्नलमा हालै छापिएको एक अध्ययन रिपोर्टअनुसार पुरुषका केही आनीबानीहरुले उनीहरुमा शुक्रकिटको संख्या र गुणस्तरमा गिरावट ल्याईरहेको छ । यसमा गम्भीर कुरा के छ भने यस्तो समस्या भोग्ने ८० प्रतिशत पुरुषहरुलाई आफ्ना ती खराब बानीहरुले आफूलाई बाँझो बनाइरहेको छ भन्ने कुराको पत्तो हुँदैन । पुरुषमा प्रजनन क्षमता घटाउने ७ आनीबानी यस्ता छन् ः

· कसिला कपडा लगाउनु

दिनहुँ कसिला पेन्टी तथा पेन्ट लगाउनाले अण्डकोष थैलीको तापक्रम बढ्छ । जसका कारण शुक्रकिटको संख्या घट्न थाल्दछ ।

· भटमासका परिकार धेरै खानु

हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको रिचर्सअनुसार भोजनमा धेरै मात्रामा सोया प्रडक्ट सामेल गर्नु हानिकारक हुन्छ । भटमासमा हुने आयसोफ्लेवोन नामक पदार्थले शुक्रकिटको संख्या घटाउँछ ।

· तनावमा रहनु

लगातार तनावमा रहनाले शरीरमा हर्मोनको असन्तुलन पैदा हुन्छ । साथै यसले रक्तप्रवाह पनि बिगार्दछ । जसकारण शुक्रकिटको संख्या घट्दछ ।

· नियमित धुम्रपान तथा मध्यपान गर्नु

नियमित धुम्रपान तथा मध्यपान गर्नाले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढ्दछ । यसले पुरुषमा शुक्रकिटको संख्यामा गिरावट ल्याउँछ ।

· काखमा ल्यापटप राखेर काम गर्नाले

नियमित रुपमा ल्यापटपलाई काखमा राखेर लामो समयसम्म काम गर्ने आदत निकै खराब हो । यसबाट ल्यापटपको ताप अण्डकोष थैलीसम्म पुग्दछ । जसले शुक्रकिटको संख्या घटाइदिन्छ ।

· पर्याप्त निद्रा नलिनु

नियमित रुपमा दिनहुँ कम्तिमा ७ घण्टाको निद्रा नलिनाले शरीरमा तनाव बढाउनेवाला हर्मोनको मात्रामा बढोत्तरी हुन्छ । यसले शरीरमा रक्तप्रवाह बिगन्छ र शुक्रकिटको संख्यामा गिरावट आउँछ ।

· धेरै कफी पिउनु

अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालका शोधकर्ताहरुले गरेको अनुसन्धानअनुसार धेरै मात्रामा कफी पिउँदा त्यसमा हुने क्याफाइनले स्ट्रेस हर्मोनको मात्रा बढाउँदछ । जुन शुक्रकिटका लागि हानिकारक हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment