Comments Add Comment

कसले खोस्यो आर्यन र जीवनको स्टारडम ?


चलचित्र बजार, कतिबेला बदलिन्छ थाहा छैन । हरेक शुक्रबार, कुनै कलाकारको करिअर चम्कन्छ त कसैको सकिन्छ । यसैले पनि भनिन्छ, कलाकारको स्टारडम हरेक शुक्रबारसँगै बदलिन्छ ।

नेपाली चलचित्र क्षेत्रमा पनि यो कुरा लागू भएको छ । हुनत, सधै एउटै कलाकारको स्टारडम चम्कन्छ भन्ने छैन । तर, कसैको स्टारडम चम्कदा चम्कदै खस्कियो भने, त्यसमा अनौठो मान्न सकिन्छ ।

२ बर्ष अगाडि सम्म चम्किएको नायक जीवन लुइटेल र आर्यन सिग्देलको स्टारडम खस्कियो । हुनत, जीवन र आर्यन दुबै उतारचढाव आउनुलाई स्वभाविक मान्छन् । तर, चलचित्रकर्मीको वुझाई छ, खस्किएको स्टारडम र्फकन गाह्रो हुन्छ ।

साच्चै, आर्यन र जीवनकै नाममा विक्ने बक्स अफिसका टिकट अहिले किन सुस्ताए ? यी दुई नायकको क्रेज अहिले किन खस्कियो ? आर्यन र जीवनको स्टारडम खोस्नमा फेरिएको चलचित्र मेकिङको सबैभन्दा ठूलो भूमिका रहेको धेरै चलचित्रकर्मी बताउँछन् । चलचित्रको शैली फेरिनु, दर्शक फेरिनु तर जीवन र आर्यन नफेरिनु यसको मुख्य कारण हो ।

चलचित्र बजारमा दयाहाङ राई, सौगात मल्ल जस्ता कलाकार अभिनयमा निखारिएर आउँदा र दर्शक उनीहरुकै पछि कुद्दा आर्यन र जीवनलाई गाह्रो परेको हो । यता, अनमोल केसी जस्ता चकलेटी अनुहारहरुको पछि लाखौ यूवती मरिहत्ते गर्दा जीवन र आर्यनको चकलेटी अनुहार पुरानो भएको हो ।

कारण यतिमात्र होइन, जीवन र आर्यनको चलचित्र शहरका भित्ताहरुमा हरेक हप्ता फेरिन थालेपछि दर्शकले पत्याउन छाडेका हुन् । जसको प्रत्यक्ष असर यी दुइको स्टारडममा परेको हो ।

विश्लेषकहरु त भन्छन्, नायक दयाहाङ राई र निखिल उप्रेतीले पनि यो कुरा ख्याल नगर्ने हो भने, उनीहरुको स्टारडम पनि यसरि नै खस्कनेछ, जसरि आर्यन र जीवनको खस्कियो । साच्चै, कलाकारको करिअर हरेक शुक्रबारले निर्धारित गर्छ त्यसै भनिएको होइन रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment