Comments Add Comment

काबिलको व्यापार खस्कियो, रइसभन्दा निकै पछाडि

बलिउडको बक्स अफिसममा शाहरुख खानको रइस र ऋतिक रोशनको काबिलबीच कमाईको दौड जारी छ । रइस अघिअघि र काबिल पछिपछि कुदिरहेका छन् ।

प्रदर्शनको छैठौं दिनसम्म आइपुग्दा रइस र काबिलबीचको अन्तराल फराकिलो बन्दै गएको छ । छैटौं दिन सोमबार काबिलले ६ करोड ४ लाख रुपैयाँ मात्रै कमाउन सक्यो । आइतबारको तुलनामा फिल्मको व्यपार सोमबार नौ करोड रुपैयाँ घटेको छ । आइतबार फिल्मले १५ करोड रुपैयाँ आर्जन गरेको थियो ।

तथ्यांक अनुसार सञ्जय गुप्ता निर्देशित ऋतिक र यामी गौतम स्टारर फिल्मको कुल कलेक्सन ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि शाहरुखको रइसले सय करोडको आँकडा पार गरिसकेको छ । रइसको तुलनामा काबिल ४० प्रतिशत थिएटरमा मात्र प्रदर्शन भएको थियो ।

राकेश रोशनले निर्माण गरेको यो फिल्मप्रति दर्शकहरुमा निकै चासो थियो । यस फिल्मको माउथ पब्लिसिटी पनि राम्रो छ । तै पनि फिल्मले आशा अनुसार व्यापार गर्न भने सकिरहेको छैन । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment