Comments Add Comment

टी-२० मा धोनीको पहिलो अर्धशतक

१९ माघ, काठमाडौं । भारतका महेन्द्र सिंह धोनीले टी-२० मा पहिलो अर्धशतक बनाएका छन् । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी-२० मा उनले ५६ रन बनाएका हुन् ।

३६ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हानेका थिए ।

धोनी भारतका निकै सफल कप्तान हुन् । हालै मात्र एकदिवसीय र टी-२० का कप्तानबाट राजीनामा दिएका उनले टी-२० मा अर्धशतक बनाउन उनले ७६ खेलसम्म कुर्नु परेको छ ।

यसअघि उनले टी-२० मा ४२ रन बनाएका थिए ।

भारतका लागि सुरेश रैनाले ७६ रन बनाए । उनले २०१० पछि पहिलो अर्धशतक बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment